खाद्य सुरक्षा टोलीद्वारा जोरथाङ माघे संक्रान्ति मेलामाखाद्य सामग्रीकाे निरीक्षण

IMG-20240717-WA0003

गान्तोक: स्वास्थ्य तथा परिवार कल्याण विभागको खाद्य सुरक्षा तथा मानक प्रकोष्ठले खाद्य सुरक्षा तथा स्वच्छता मानक सुनिश्चित गर्न जोरथाङ माघे संक्रान्ति मेलामा निरीक्षण गरे।
खाद्य सुरक्षा अधिकृत डा. शिल्पा सुनवार (मुखिया) र प्राविधिक अधिकृत डीपी शर्माको नेतृत्वमा रहेको टोलीले राज्य खाद्य परीक्षण प्रयोगशाला टोलीसँगै मेला क्षेत्रका विभिन्न खाद्य स्टल र केन्द्रहरूको निरीक्षण गरेको छ।
टोलीले खाना पकाउने तेल, खाना पकाउन प्रयोग हुने पानीको पीएच, इजाजतपत्र र दर्ता, सरसफाइ, लेबलिङ र म्याद सकिएका खाद्य उत्पादनहरूको जाँच गरेको बताइएको छ। खाद्य व्यवसाय सञ्चालकहरूलाई खाद्य सुरक्षा तथा मानक ऐन, २००६ अन्तर्गत स्वच्छता तथा सरसफाइका सामान्य सिद्धान्तहरू कडाइका साथ पालना गर्न निर्देशन दिएको बताइएको छ। जनस्वास्थ्यको रक्षा गर्न मेलाको अवधि निरीक्षण तथा परीक्षण जारी रहने विभागले सोशियल साइटमा जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement