गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले माघे संक्रान्ति पर्वको शुभ अवसरमा समस्त सिक्किमेली जनगणमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गरेका छन्।
देशका अन्य भागमा मकर संक्रान्तिको नामले चिनिने माघे संक्रान्तिको गहिरो दिव्य, आध्यात्मिक, धार्मिक र सांस्कृतिक महत्व रहेको मुख्यमन्त्रीले आफ्नो सन्देशमा बताएका छन्।
उनले यो पर्व लामो दिन, फसलको मौसम तथा जीवन र आशाको नवीकरणको प्रतीक रहेको बताएका छन्। यस वर्ष यो उत्सव सिक्किमको समृद्ध परम्परा, रीतिरिवाज र विविधतालाई मनाउन समुदायहरूलाई एकसाथ ल्याएर एक जीवन्त सांस्कृतिक उत्सवको रूपमा मनाइने उनले जनाएका छन्।
मुख्यमन्त्रीले यो उत्सव रंगारंग अनुष्ठान र जमघटदेखि स्थानीय परिकारहरूको आदानप्रदान, एकता र सद्भावको सारको रूपमा सुन्दर ढंगमा झल्कनेछ भनी विश्वास व्यक्त गरेका छन्। उनले सिक्किमका सबै जनताको लागि सुख, समृद्धि, सुस्वास्थ्य र नयाँ उद्देश्यको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्। यस पर्वले राज्यका हरेक घर परिवारमा प्रशस्त आशीर्वाद, सौभाग्य र आनन्द ल्याओस् भनी मुख्यमन्त्रीले कामना पनि गरेका छन्।