महावीरस्थानकाे कपडाको गोदाममा आगलागी

Capture12

सिलगढी: सिलगढीको महावीरस्थानमा एउटा कपडाको गोदाममा आगलागी भएको छ।प्राप्त जानकारी अनुसार आज महावीरस्थानस्थित मानसिंह भवनको तेस्रो तल्लामा रहेको कपडाको गोदाममा आगलागी भएको हो। यसपछि घटनाको जानकारी तुरुन्तै दमकल विभागलाई दिइएको थियो। खबर पाएलगत्तै दमकलका चारवटा गाडी घटनास्थलमा पुगेका थिए। यससँगै सिलगढी थानाको पुलिस पनि घटनास्थलमा पुगेको छ। अहिले अग्निनियन्त्रकहरु आगो निभाउनमा व्यस्त छन्। तर, आगलागीको कारण भने खुल्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement