सिलगढी: ड्रोन उडाएको फुटेज प्राप्त भएपछि मंगलबार एनजेपी पुलिस थानाले पाँच जना व्यक्तिलाई आफ्नो हिरासतमा लिएको छ। आज बिहान ड्रोन उडेको तस्विर रेलवे सुरक्षा कर्मचारीको क्यामेरामा कैद भएको बताइएको छ। यो ड्रोन कसले उडाउँदैछ? त्यसको खोजी सुरु भयो। अन्ततः रेल अधिकारीहरूले एनजेपी पुलिस स्टेशनमा यसबारे बताए।फुलबारी चियापार्क अगाडि विना अनुमति ड्रोन उडाउने अर्का राज्यका पाँच जनालाई एनजेपी पुलिसले नियन्त्रणमा लिएको छ। एनजेपीको नयाँ स्टेशनको कामका लागि ड्रोन उडाइएको छ। सबै घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।