मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा कल्याण चौबेलाई बधाई

IMG_20220902_225228.jpg

गान्तोक: पूर्व व्यावसायिक गोलकिपर कल्याण चौबेलाई मुख्यमन्त्री प्रेमसिंह तामाङले अल इण्डिया फुटबल फेडरेशन (एआईएफएफ) को हालैमा सम्पन्न चुनाउमा अध्यक्ष निर्वाचित बनेकोमा हार्दिक बधाई दिएका छन्।
मुख्यमन्त्रीले चौबेलाई उनका प्रयासहरूका लागि शुभेच्छा व्यक्त गरेका छन्। उनले नवनिर्वाचित अध्यक्षको अगुवाईमा देशले फुटबलको क्षेत्रमा नयॉं उच्चाई प्राप्त गर्नेछ भनी आशा व्यक्त गरेका छन्।
उल्लेखनीय छ, अल इण्डिया फुटबल फेडरेशनको अध्यक्ष पदका लागि पूर्व व्यावसायिक गोलकिपर कल्याण चौबे र भारतीय फुटबल दलका पूर्व कप्तान भाइचुङ भोटियाबीच चुनाउ भएको थियो। चुनाउमा भोटियालाई पराजित गरेर चौबे अध्यक्ष निर्वाचित बनेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *