गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको भारत मण्डपममा भारतीय मौसम विज्ञान विभागको १५०औँ स्थापना दिवस समारोहमा भाग लिए। यसलाई पालन गर्नका लागि देशभरिका मौसम विज्ञान केन्द्रहरू र क्षेत्रीय मौसम विज्ञान केन्द्रहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। सिक्किममा गान्तोकको मौसम विज्ञान केन्द्रले नयाँ दिल्लीमा प्रधानमन्त्रीको सम्बोधनको प्रत्यक्ष प्रसारण गरेर यस अवसरको उत्सव मनायो। स्थापना दिवसभन्दा पहिला गान्तोकमा एमसीले धेरै गतिविधिहरू आयोजना गरेको थियो। यसअन्तर्गत ७ जनवरीमा एक बिरुवारोपण अभियान आयोजन गरिएको थियो। जसले पर्यावरण सन्तुलन कायम राख्नमा वनहरूले खेल्ने महत्त्वपूर्ण भूमिकालाई जोड दिइयो। कार्यक्रमको विषयवस्तु धरती माताका लागि बिरुवारोपण थियो। यसरी नै ९ जनवरीको दिन युवा पुस्तामा जलवायु परिवर्तन र वैश्विक उत्तापबारेमा जागरूकता जगाउने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो। विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएका थिए। १२ जनवरीमा स्वामी विवेकानन्दको जन्मदिनको अवसरमा रक्तदान शिविर पनि आयोजना गरिएको थियो। रक्तदान गर्नुहोस्, जीवन बचाउनुहोस् भन्ने नाराका साथ यस महान् कार्यको महत्त्वलाई प्रकाश पारेको थियो। गान्तोकमा आयोजित उत्सव कार्यक्रममा विभिन्न संस्था, हितधारक र सञ्चारकर्मीहरूका प्रतिष्ठित व्यक्तिहरूलाई स्मृति चिन्ह प्रदान गरिएको थियो। प्रधानमन्त्रीले देशलाई मौसमको अनुकूल र जलवायुको अनुकूल राष्ट्र बनाउने लक्ष्यका साथ मिशन मौसम शुरु गरेको हो। मिशनले अत्याधुनिक मौसम निगरानी प्रविधि र प्रणालीहरू विकास गरेर, हाई-रिजोल्युशन वायुमण्डलीय अवलोकन, अघिल्लो पुस्ताका राडार र उपग्रह अनि उच्च-प्रदर्शन कम्प्युटरहरू लागू गरेर यसलाई हासिल गर्नु हो। यसले मौसम र जलवायु प्रक्रियाहरूको बुझाइलाई सुधार गर्न, वायु गुणस्तर डेटा प्रदान गर्नमा पनि ध्यान केन्द्रित गर्नेछ। जसले दीर्घकालीन रूपमा मौसम व्यवस्थापन र हस्तक्षेपलाई रणनीति बनाउन मद्दत गर्नेछ। प्रधानमन्त्रीले मौसम लचिलोपन र जलवायु परिवर्तन अनुकूलनको लागि आईएमडी भिजन-२०४७ दस्तावेज पनि जारी गरेका थिए। यसमा मौसम पूर्वानुमान, मौसम प्रबन्धन र जलवायु परिवर्तन न्यूनीकरणका लागि योजनाहरू समावेश छन्। आईएमडीको १५०औँ स्थापना दिवस मनाउनका लागि पछिल्ला १५० वर्षमा आईएमडीका उपलब्धिहरू,भारतलाई जलवायु-लचिलो बनाउन यसको भूमिका र विभिन्न मौसम र जलवायु सेवा प्रदान गर्न सरकारी संस्थाहरूले खेलेको भूमिका प्रदर्शन गर्न कार्यक्रम, गतिविधि र कार्यशालाहरूको एक शृङ्खला आयोजना गरिएको छ।