विधानसभा अध्यक्ष शेर्पाद्वारा क्रिएटिभ हबको उदघाटन

IMG-20250114-WA0319

गान्तोक: सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागको पहलमा सञ्चालित क्रिएटिभ हबको उद्घाटन आज साँझ माघे संक्रान्ति मेलाको अवसरमा गरियो। यसको शुरुवात जोरथाङको ग्रीन पार्कमा भएको छ। जसको उदघाटन विधानसभा अध्यक्ष एमएन शेर्पाले गरेका थिए। यसबीच उपाधियक्ष राजकुमारी थापा, पर्यटन तथा नागरिक उड्डयन विभाग र वाणिज्य तथा उद्योग विभाग मन्त्री छिरिङ थेन्डुप भोटिया, माघे संक्रान्ति मेलाका प्रमुख संरक्षक मदन सिन्चुरी, विधायक एलबी दास आईपीआर विभाग, एलआर एन्ड डीएम विभाग र आईटी विभागका अधिकारीहरु र सम्बन्धित विभागीय अधिकारीहरुको उपस्थिति रहेको थियो। मुख्य अतिथि शेर्पाले यो र विभिन्न स्टलहरूको भ्रमण गर्दै सम्पूर्ण कार्यक्रममा उपस्थित सहभागीहरूसँग अन्तर्क्रिया गरेका थिए। मुख्य अतिथिले सिक्किम क्यालेन्डर २०२५ पनि विमोचन गरे। क्रिएटिभ हबमा कोक्किभो कपडा x जिनोजी र ओविया कला कार्यशाला सहित स्टलहरू छन् जुन आईपीआर विभागसितको सहकार्यमा भएको हो। जहाँ विशेष रूपमा राज्य स्थापनाको ५० वर्षको उत्सवसँग सम्बन्धित सामानहरू प्रदर्शन गरिरहेका छन्। माघे संक्रान्ति मेलाको सम्पूर्ण उत्सवको अवधिमा, क्रिएटिभ हबले कला, फेसन, संगीत र व्यञ्जनहरूसँग सम्बन्धित गतिविधिहरूको एक श्रृंखला आयोजना गर्नेछ। साथै आईपीआर विभागले फोटो प्रदर्शनी र वृत्तचित्रहरू मार्फत माघे संक्रान्ति मेलाको इतिहासलाई प्रदर्शनी गर्ने भएको छ। ब्लू इन्क स्टुडियो स्टल नजिकै, मेलामा पहिलो फोटोबुथ आम जनताको लागि उपलब्ध छ। पुस्तक पाठकहरु र जनताका लागि परिसरमा पुस्तक कर्नर पनि स्थापना गरिएको छ। जहाँ मनपर्ने पुस्तकहरू पढ्न वा किन्न पनि सक्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement