जोरथाङ माघे मेलासँगै आरम्भ भयो १४औं सारस मेला

IMG-20250114-WA0318

जोरथाङ: माघे सङ्क्रान्ती सांस्कृतिक मेलासँगै आजदेखि यहाँ १४औं सारस मेला पनि आरम्भ भयो। मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थितिमा राज्यपाल ओम प्रकाश माथुरको बाहुलीबाट मेलाको विधिवत उद्घाटन गरियो। भारत सरकारको ग्रामीण विकास मन्त्रालयको प्रायोजनामा सिक्किम सरकारको सिक्किम रुरल लाइवलीवुड मिशन (एसआरएलएम) द्वारा आयोजित यो मेला आगामी २३ जनवरीसम्म चल्नेछ।
उल्लेखनीय छ, सारस मेला विभिन्न स्वंय सहायता समूहहरूसित आवद्ध किसान अनि शिल्पकारहरूद्वारा तायर पारिएका खाद्यन्न अनि वस्तुहरूको विक्री केन्द्र हो। यो मेला वर्षको अलग अलग समयमा देशका प्रत्येक राज्यमा आयोजना गरिन्छ जसमा आयोजक राज्यसँगै अन्य राज्यहरूबाट पनि स्वंय सहायता समूह तथा व्यक्तिगतरुपमा उद्मीहरूले आफ्नो उत्पादन विक्रीमा राख्ने गर्छन्।
आजदेखि शुरु भएको १४औं सिक्किम सारस मेलामा जम्मा १२२ वटा स्टलहरू लगाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement