गान्तोक: मानव उत्थान सेवा समितिका संस्थापक सतपाल महाराजको निर्देशनमा समितिले मानवताको उत्थान, मानव कल्याणलाई ध्यानमा राख्दै समितिको तर्फबाट सम्पूर्ण भारतवर्षमा आवश्यक सामग्री वितरण पाक्षिकि अभियान आयोजना गरिएको छ। जस अर्न्तर्गत देशको सुदूर क्षेत्रहरूमा मानव उत्थान सेवा समितिको शाखाहरुद्वारा आवश्यकमन्द मानिसहरुलाई आवश्यक सामग्री वितरण गरिरहेको छ। यसअन्तर्गत गान्तोक तहसिलले आज राजधानी गान्तोकस्थित मायाल्मु पुर्नवास केन्द्रमा कम्बल वितरण गर्यो। यस अवसरमा तहसिल प्रभारी महात्मा निलम्बरा बाईजीको विशेष उपस्थिति थियो।