गान्तोक: जोरथाङमा आयोजित माघे मेलाको अवसरमा राज्यका राज्यपाल ओमप्रकाश माथुरले मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा दुई दिवसीय रोजगार मेला २०२५- को उदघाटन गरे। रोजगार मेला सिक्किम सरकारको क्षमता विकास विभागद्वारा आयोजना गरिएको हो भने ‘सिकिमको कार्यबललाई सशक्त बनाउने: ५० वर्षको प्रगति अवसरको भविष्य’ थिममा आधारित रहेको थियो। यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य सिक्किमका शिक्षित युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जना गर्नु र पर्यटन, सूचना प्रविधि, स्वास्थ्य सेवा र हरित उद्योगहरू जस्ता प्रमुख क्षेत्रहरूमा रोजगारदाताहरूसँग जोडनु हो। सरकारी योजनाहरूलाई प्रवर्द्धन गर्नु र स्थानीय प्रतिभा लगानीलाई प्रोत्साहन गर्नु र सार्वजनिक-निजी साझेदारीलाई सुदृढ गर्नु पनि आयोजक पक्षको अर्को मूख्य उद्देश्य रहेको छ।यस रोजगार मेलामा ठूला कम्पनीहरूमा काम गर्न चाहनेहरूका लागि विभिन्न क्षेत्रका उद्योगका स्वामीहरूसँग मेला स्थलमा अन्तक्रिया कार्यक्रम पनि आयोजना गरियो।सीएक्सओ मार्फत सिक्किमको आर्थिक यात्रा, उदीयमान उद्योगहरू र रोजगारी पहलहरूको अन्तर्दृष्टिलाई प्यानल छलफल र सेमिनार पनि आयोजना गरिने भएको छ।

नवप्रवर्तनहरू प्रदर्शन गर्न र लगानीकर्ताहरूसँग जोडिन स्टार्टअपहरूको लागि एक केन्द्र पनि स्थापना गरिएको छ। रोजगार मेलामा इन्डिगो, जेटविङ्स, स्विगी, आईआरसीटीसी, क्लब महिन्द्रा, तत्व, ताज होटल्स, कम्पास, अम्बे इन्टरनेशनल र अन्य धेरै कम्पनीहरूले युवा, नयाँ स्नातक, दक्ष पेशेवर र बेरोजगार व्यक्तिहरूलाई अवसर प्रदान गर्न यस रोजगार रोजगार मेलामा सहकार्य गरेका छन्।