पोकलक कामराङ बन्यो अन्तरसमष्टि फूटबल च्यामम्पियन

IMG-20250114-WA0315

जोरथाङ: माघे मेलाको अवसरमा राज्य सरकारको खेलकुद एवं युवा मामिला विभागद्वारा आयोजित अन्तरसमष्टि फूटबल टुर्नामेन्टको फाइनल म्याच आज जोरथाङ खेल मैदानमा सम्पन्न भयो। जोरथाङ माघे मेलाको उद्घाटन समारोहसँगै आयोजित फाइनल म्याच दक्षिण सिक्किमको पोकलक कामराङ र पूर्व सिक्किमको छुजाचेन समष्टिबीच भएको थियो जसमा पोकलक कामराङ समष्टि शुन्यको विरुद्ध दुई गोलले विजयी बन्यो।
यसरी नै आज माघे मेलाकै अवसरमा आयोजित १०औं अखिल भारत मुख्यमन्त्री फूटबल टुर्नामेन्टको दोस्रो क्वाटर फाइनल म्याच पनि सम्पन्न भयो। सुदेभा एफसी दिल्ली र सिक्किम पुलिस एफटी बीच भएको म्याचमा सुदेभा एफसी एक-को विरुद्ध चार गोलले विजयी बन्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement