धुकुरिया भारतीय खस कल्याण समितिको तत्वावधानमा सप्ताहव्यापी भागवत महापुराण सम्पन्न  

Chhetriya-Samachar

सिलगढी: आयोजक “धुकुरिया भारतीय खस कल्याण समिति”को तत्वावधानमा, मयुर स्कूल नजिक धुकुरिया क्षेत्रमा ७ जनवरी २०२५ देखि १३ जनवरी २०२५ सम्म सप्ताहव्यापी श्रीमद भागवत महापुराण आयोजना भएको थियो।उक्त महापुराणका मुल वाचक उदय राज शास्त्रीको सुन्दर कथा वाचनले भक्तहरु आन्दित बनेका थिए भने वरिष्ठ भजन गायक गोपाल बशिष्ठको सुन्दर भजनले भक्तजनहरु मन्त्रमुग्ध भइ झुमेका थिए। यस भक्तिमय अनुष्ठानलाई विभिन्न संघ-समाज क्रमैले  ईन्द्र नगर जन कल्याण समाज, मखमली समाज, एकता सेवा समिति,अमर ज्योति स्वयंम सेवक समिति, देवकोटा सेवा समिति तराई पहाड मिलन संघ, जन कल्याण समाज, नव ज्योति समाज, सगंम ग्राम कल्याण समिति, कल्पबृक्ष एकता समाज, शिव ग्राम कल्याण समिति, इन्द्रेणी समाज, अजम्बरी जनकल्याण समाज, वृन्दावन वेलफेयर सोसाइटी, कंचनजंगा क्लब, प्रगति संगम परिवारहरुको पूर्ण सहयोग मिलेको थियो। ७ जनवरी देखि १३ जनवरीसम्म आयोजना गरिएको महापुराणमा भक्तजनहरुको व्यापक रूपमा उपस्थिति रहेको थियो।

समितिका सभापति एवम् सल्लाहकार भरत छेत्री, महासचिव एवं मुल संयोजक कमल भण्डारी, सह-संयोजक अर्जुन शर्मा, प्रचारप्रसार सचिव अनुप छेत्री, पूजा समितिका सचिव राजेन छेत्री, सह सचिव खडानन्द आचार्य कोषाध्यक्ष पुष्कर छेत्री अनि चेत नारायण उपाध्याय साथै सम्पूर्ण सदस्यहरुको एकजुटताले उक्त भक्तिमय अनुष्ठान सफल भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement