मुख्यमन्त्री अनि नवनियुक्त मुख्य सचिवमाझ भेटवार्ता

IMG-20220902-WA0144.jpg

गान्तोक: मुख्य सचिवको जिम्मेवारी पाएपछि राज्यका मुख्य सचिव विजय भूषण पाठकले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग सौहार्द्रपूर्ण भेट गरे। यस भेट अवधि मुख्यमन्त्री तामाङले नयाँ जिम्मेवारीको निम्ति मुख्य सचिव पाठकलाई शुभकामना दिए। मुख्य सचिव पाठकले राज्यको सर्वाङ्गीण विकासमा आफ्नो तर्फबाट पूर्ण पहल गर्ने कटिबद्धता व्यक्त गरे।

जानकारी गराइन्छ, नवनियुक्त मुख्य सचिव भीपी पाठक १९९०-का आईएएस अधिकारी हुन्। यसअघि उनी राज्यको योजना एवं विकास आयोगका अतिरिक्त मुख्य सचिव साथै विकास आयुक्त अनि वित्त विभागका अतिरिक्त मुख्य सचिव पदमा आसिन थिए। गत ३१ अगस्तको दिन राज्यका पूर्व मुख्य सचिव एससी गुप्ताको सेवाकाल समाप्त भएपछि हिजो मात्र भीपी पाठक राज्यका नयाँ मुख्य सचिव नियुक्त भएका थिए।

मुख्यमन्त्रीले मुख्य सचिव पाठकलाई नयाँ जिम्मेवारीका लागि बधाई दिएका छन्। उनले सिक्किमको बहुआयामिक वृद्धिप्रति उनी सबै प्रयासहरूमा सफल बन्नेछन् भनी विश्वास व्यक्त गरेका छन्। उनले पाठकलाई नयाँ भूमिकाको रूपमा सफल भविष्यको कामना पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *