खरसाङ: पार्टीको झण्डाको माया लाग्छ भने, म बिजीपीएम पार्टीको हुँ भन्नु हुन्छ भने झण्डा बाटोमा होइन आफ्नो घरको धुरीमा लगाउनु होस् भनी अनित थापाले आज बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, ‘फुर्सद हुनेहरू। काम नहुनेहरूले अरूको कुरामा ध्यान दिन्छन्। हामी फुर्सदमा बस्ने पार्टीको कार्यकर्ता होइनौं।हामीले गर्नु पर्ने काम धेरै छ। हाम्रो जिम्मेवारी थुप्रै छ। हामीले अरूमाथि केन्द्रित हुनु होइन तर आफैमाथि केन्द्रित हुनुपर्छ। हामी कसरी राम्रो काम गर्नु सक्छौँ। समाजलाई कसरी राम्रोसँग अघि लैजाने। हाम्रो केन्द्र त्यो हुनुपर्छ। अरूलाई केही भन्नु अघि, हामीले हामीलाई दिइएको जिम्मेवारी पूरा गरेका छौ भनी प्रश्न गरौं।’
प्रजातन्त्रमा झण्डा कसैले पनि लगाउनु पाउँछ। तर बिजीपीएमको झण्डा बाटोमा नलगाउनु। कहिले काँही बाटोमा झण्डाको बेहाल भएको देख्छु। झण्डाको माया लाग्छ, म बिजीपीएम पार्टीको हुँ भन्नु हुन्छ भने, झण्डा बाटोमा होइन आफ्नो घरको धुरीमा लगाउनु।
सुर्ता नगर्नु। हामी धेरै लामो जानेवाला छौं। हामी सत्तामा बसेको पार्टी हौं। हामीलाई मान्छे खोज्दै जानु परेको छैन। मलाई भेट्न आउनु हुने मान्छेलाई पनि मैले राम्ररी समय दिनु सकेको छुइन। यस्तो स्थितिमा मैले मान्छे खोज्दै हिड्नु छैन। जहाँ पनि जानुहोस् त्यहाँ कसैले पनि बिजीपीएमको निर्वाचित प्रतिनिधि पाउनु हुन्छ। बिजीपीएम पार्टीलाई अब अनित थापा पनि चाहिन्दैन। पार्टी अटोमोडमा चल्नु थालेको छ।’
उनले अघि भने, ‘राजनीतिमा झण्डाको राजनीति हुन्छ नै। अरूको झण्डालाई बेसी ध्यान दिनु हुँदैन। अरूलाई ध्यान दिएर कुनै फाइदा हुँदैन। समयको बर्बादी। शक्तिको बर्बादी मात्र हो। कतै ध्यान दिनुहुन्छ भने फाइदा हुने कुरामा ध्यान दिनुहोस। बिजीपीएम पार्टीमा सामेल हुनेले ठूलो झाँतो लिएर आउनु पर्छ। पचाउनु सक्नु पर्छ। बिजीपीएम पार्टीले पहाडलाई कसरी फाइदा पुग्छ त्यो सोचमा काम गर्छ।’
थापाले अझ भने, ‘मोबाइल राजनीति रानु मण्डल जस्तो हो। एकछिनमा माथि पुग्छ अनि स्वातै हराएर जान्छ।’