खरसाङको रोहिणीस्थित चिसो पानीमा सार्वजनिक भवनको उद्घाटन

IMG-20250114-WA0307

भवन बनिनुभन्दा पनि महत्वपूर्ण भवनको स्याहार सुसार गर्नु हो: अनित थापा

खरसाङ: खरसाङ महकुमा अन्तर्गत रोहिणीको चिसो पानी क्षेत्रमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट सार्वजनिक भवनको उदघाटन गरिएको छ‌।‌ उक्त सार्वजनिक भवनको नामकरण स्वर्गीय साइला गुरुङ अनि स्वर्गीय निर्मला गुरुङको स्मृतिमा राखिएको छ। उक्त नव उदघाटन गरिएको सार्वजनिक भवनलाई समाजको हातमा सुम्पिन्दै जीटीए चिफ् अनित थापाले भने, ‘सार्वजनिक भवन बनियो। भवन बनिनुभन्दा पनि महत्वपूर्ण भवनको स्याहार सुसार गर्नु हो।

भवन बनाउनु अघि जुन आतुरता देखाउनु भएको थियो। त्यही जोश लिएर भवनको स्याहार गर्नुहोस्। भवनलाई केवल विवाह, मरौंकाे निम्ति मात्र प्रयोग होइन तर गाउँकाे अन्य कार्यक्रमहरु साथै नानीहरूको कार्यक्रमको निम्ति पनि प्रयोग गर्नुहोस्।’


यस सार्वजनिक भवनको उद्घाटन कार्यक्रममा सभासदहरू कल्पना प्रधान, अनोस थापा, खरसाङ पञ्चायत समिति सभापति अनु प्रधान, घैयाबारी ३ का पञ्चायत प्रधान सुष्मा वाईबा आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement