खरसाङमा “हाउजिङ फर अल” याेजनाका उपभोक्ताहरु, खरसाङ नगरपालिका अनि विभागीय अधिकारीसँग अनित थापाको बैठक २० जनवरीमा‌ हुने

IMG-20250114-WA0303

खरसाङ: खरसाङ “हाउजिङ फर अल” याेजनाका उपभोक्ताहरु, खरसाङ नगरपालिका अनि विभागीय अधिकारीसँग गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको बैठक आगामी २० जनवरीमा हुने भएको छ।‌ यस विषयमा एक भिडियो जारी गर्दै जीटीएको प्रमुख कार्यपाल अनित थापाले भने, ‘खरसाङ नगरपालिकामा “हाउजिङ फर अल” याेजनाका उपभोक्ताहरूले विभिन्न समस्या भोग्नु परेको गुनासोलाई मैले मिडिया मार्फत नै जानकारी पाएको हुँ। यस विषयमा मलाई भेट्न उपभोक्ता अनि अधिकारीहरू कोही पनि आएका छैनन्। मैले नगरपालिकाका अध्यक्ष, महकुमा शासकसँग पनि कुरा गरे। उपभोक्ताहरूले समयमा पैसा नपाएको कारण के हो भनी आजसम्म मैले स्पष्ट कारण बुझ्न सकेको छैन्। यही विषयलाई लिएर आगामी २० जनवरी २०२५ को दिन उपभोक्ताहरू, खरसाङ नगरपालिका, सभासद अनि सम्बन्धित विभागका अधिकारीहरुसँग बैठक डाक्न निर्देश दिएको छु। बैठक खरसाङको नयाँ बजारस्थित टाउन हलमा दिनको ११ बजे हुनेछ।’
उनले अघि भने, ‘बैठक विषय मैले खरसाङ महकुमा शासकलाई अवगत गराई सकेको छु। त्यही बैठकमा सम्पूर्ण समस्या बुझ्न सकिनेछ साथै हामी सबै मिलेर समस्याको समाधान पनि निकाल्ने छौं। यदि सम्बन्धित विभागले उपभोक्ताहरुमाथि अन्याय गरेका छन् भने सरकारले पैसा दिएर पनि त्यो पैसा उपभोक्ताको घरमा पुगेको छैन भने उनीहरूले नगरपालिकालाई सोधेको प्रश्नको जवाब पाएन भने उनीहरु सडकमा उत्रने नै छन्। सोध्ने अनि खोज्ने उनीहरूको अधिकार हो। तर उपभोक्ताहरुमध्ये एकजना पनि म कहाँ आएका छैनन्। मेरो जिम्मेवारी हो कि समस्या सुनेपछि त्यसको समाधान मैले निकाल्नु नै पर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement