रगंमुक चियाबारीदेखि चन्द्रमानधुरा हुँदै मिलिङ चियावारीसम्म पुग्ने सडकको निर्माण कार्य युध्द स्तरमा

IMG-20250114-WA0299

जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानद्वारा निरीक्षण

सोनादा: रंगबुल धोतरिया रगंमुक समष्टि अन्तर्गत रगंमुक चियाबारीको कारखानादेखि चन्द्रमानधुरा हुँदै मिलिङ चियावारीसम्म पुग्ने गाडी हिँड्ने सडकको निर्माण कार्य युध्द स्तरमा भइरहेको छ। वर्षौदेखि यहाँका ग्रामवासीले सडक निर्माणको निम्ति दार्जीलिङ गोर्खा पार्वत्य परिषददेखि पहिलो गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनसम्म आइपुग्दा पनि अनेकौ ज्ञापनहरु सुम्पिन्दा पनि सडक निर्माण नभएको तर अहिले आएर वर्तमान गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा अनि क्षेत्रीय सभासद एंव डेपुटी चेयरम्यान राजेस चौहानले स्थानीय ग्रामवासीको जनगुनासोलाई सम्मान गर्दै पक्की सडकको निर्माण गरिदिएकोमा ग्रामवासीले एउटा ऐतिहासिक कार्य भएकोमा खुशी प्रकट गर्दै कृतज्ञता प्रकट गरेका छन्। विगतमा भूतपूर्व सांसद आरबी राईको बासस्थान चन्द्रमानधुरा भनेर राजनैतिक आँखाले पछाडिएको गाउँ चन्द्रमानधुरा वर्तमानमा आएर जीटीए प्रमुख अनित थापा अनि क्षेत्रीय सभासद राजेस चौहानको पहलमा विकासमूलक कार्यहरु भईरहेको स्थानीयहरुले बताएका छन्। उक्त रोडको निर्माण कार्य युद्ध स्तरमा भईरहेको छ।‌ यसै निर्माणाधीन अवस्थामा‌ रहेको रोडको क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले निरीक्षण भ्रमण गरेका छन्। उक्त निरीक्षण भ्रमण अवधि उनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘२०२२ मा जीटीएको चुनावमा म प्रार्थी भएर आएको बेला यस क्षेत्रमा‌ रोड निर्माणको लागि वचन दिएको थिए र त्यसै अनुरुप चुनाव जितेर यो रोड निर्माणको लागि पहल गरिएको छ। मिलिङ चियाबारीदेखि चन्द्रमानधुरा भएर रंगमुक चियाबारी पुग्ने रोडको निर्माण कार्य युध्द स्तरमा चलिरहेको छ।’
उनले यो रोड कुनै राजनैतिक द्वेष नराखी निर्माण भईरहेको र यसमा जीटीए चिफ् अनित थापाको पहल‌ र सहयोग रहेको बताएका छन्‌। उनले यस रोडको निर्माण कार्य कार्य अब आगामी ४-५ महिनापछि पूरा हुने बताउँदै यसबाहेक पनि समष्टिको अन्य स्थानहरुमा पनि रोड निर्माणको कार्य शुरु हुने बताएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement