घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट: उदय संघ घैयाबारी सेमी फाइनलमा प्रवेश

Screenshot_20250114_202036_FotoCollage Maker

खरसाङ: उदय संघ घैयाबारी, घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको सेमी फाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। घैयाबारी स्पोटर्स एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत मंगलबार उदय संघ घैयाबारी र सिविटार युनाइटेडमाझ तेस्रो क्वाटर फाइनल खेल सम्पन्न भएको छ। यस खेल एकदमै रोमाञ्चक भएको थियो‌। यस खेलको पहिलो हाफमा कुने गोल हुन सकेन भने दोस्रो हाफको खेलमा पनि दुवै दलबाट कुनै गोल नभएपछि खेल बराबरीमा समाप्त भएको थियो।‌निर्धारित समयसम्म पनि कुनै गोल हुन नसकेपछि अन्त्यमा पेनाल्टी सुट आउटमा परिणाम प्राप्त भएको छ। पेनाल्टी सुट आउटमा पनि
५-५ पेनाल्टी बराबरी भएको थियो भने फेरि २-२ पेनाल्टी सुट आउट पनि बराबर भएको थियो भने आठौं पेनाल्टीमा‌ सुविटार युनाइटेडको खेलाडी ईलाले पोष्ट बाहिर हिर्काएपछि उदय संघ घैयाबारीले सिविटार युनाइटेडलाई ८-७ को अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ। यस खेलमा म्यान अफ् द म्याच उदय संघ घैयाबारीको राहुल थापा चयन भएका छन्। आजको खेलमा मुख्य अतिथिको रुपमा प्रसाद शंकर, विशिष्ट अतिथिको रुपमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, शिक्षक बिपन विश्वकर्म लगायत अन्यहरु उपस्थित रहेका थिए। अब आज बुधबार हुने चौथो क्वाटर फाइनल खेल एक्का ट्रायल र दुधे एफसीमाझ सम्पन्न हुने भएको छ। यस खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दावा वाङ्दी लामाले आजको रोमाञ्चक खेलमा सिविटार युनाइटेडलाई पेनल्टीमा पराजित गर्दै उदय संघ घैयाबारी सेमी फाइनलमा प्रवेश गरेको बताएका छन्‌। उनले बताए अनुसार अब अन्तिम क्वाटर फाइनल खेल बुधबार एक्का ट्रायल र दुधे एफसीमाझ सम्पन्न हुने भएको जानकारी गराएका छन्। उनले यस नगदराशि फुटबल टुर्नामेन्टको दुईवटा सेमी फाइनल खेल आगामी १८ र १९ जनवरीमा‌ हुने अनि फाइनल खेल आगामी 26 जनवरीमा हुने भएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement