खरसाङ गोर्खे बजारको उदघाटन

IMG-20250114-WA0280

अब बिहीबारबाहेक दैनिक रुपमा लाग्ने खरसाङ गोर्खे हाट

खरसाङ: खरसाङ गोर्खे हाट र खरसाङ नगरपालिकाको संयुक्त पहलमा मंगलबारदेखि खरसाङ गोर्खे बजार शुरु गरिएको छ। खरसाङ बजारको पुरानो एफसीआई गोदामदेखि केही मुनि रहेको स्थानमा आजदेखि गोर्खे बजार शुरु गरिएको छ जुन अब बिहीबारबाहेक दैनिक रुपमा लाग्ने भएको छ। मंगकबार उक्त गोर्खे बजारको उदघाटन खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानको बाहुलीबाट रिबन काटेर शुरु गरिएको छ।‌ यस अवसरमा खरसाङ नगरपालिकाको‌ सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बा साथै गोर्खे हाटको सभापति बिजय सेञ्चुरी, सचिव महेश छेत्री, गोर्खे हाटको कन्सेप्ट तयार गर्ने सन्तकिशोर गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए।‌यस अवसरमा सानो कार्यक्रम पनि आयोजना गरिएको थियो जसलाई गोर्खे हाटको सभापति बिजय सेञ्चुरी र सचिव महेश छेत्रीले सञ्चालन गरेका थिए। कार्यक्रममा एकजना नानीले नृत्य प्रस्तुत गरेका थिए।‌ यस अवसरमा खरसाङ नगरपालिकाको‌ भाइस चेयरम्यान सुवास प्रधानले वक्तव्य राख्दै यस क्षेत्रमा खरसाङ गोर्खे बजार शुरु गर्नलाई व्यापक रूपमा‌ सर सफाई गरिएको बताउँदै यो गोर्खे बजारमा बाहिरका सामानहरु पनि बिक्री गर्न पाउने र यहाँ बिहीबारबाहेक अरु दिन दैनिक रुपमा बजार लाग्ने गरेको जानकारी गराएका छन्‌‌। आफ्नोे सम्बोधनमा भाइस चेयरम्यान सुवास प्रधानले अहिले खरसाङलाई बदनाम गर्ने कोशिष भईरहेको बताउँदै खरसाङलाई बदनाम गर्ने मात्र होइन तर खरसाङलाई राम्रो बनाउन पनि सुझाव चाहिन्छ भनी बताएका छन्। उनले यस क्षेत्रमा अब बिहीबारबाहेक दैनिक रुपमा बजार लाग्ने बताउँदै यो गोर्खे बजार सुचारु रुपले सञ्चालन हुनेछ भनी बताएका छन्।


यस खरसाङ गोर्खे बजार शुरु गरिएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खे हाटको सचिव महेश छेत्रीले आईतबार टुरिस्ट लजमाथि गोर्खे हाट सधैंको जस्तो लाग्ने जहाँ हाम्रै मानिसहरुले आफ्नै क्षेत्रमा उत्पादन गरेका अर्ग्यानिक सर सामानहरु बिक्री गर्ने र यहाँ खरसाङ गोर्खे बजारमा‌ अन्य सर सामानहरु र बाहिरका सामानहरु पनि बिक्री गर्न सकिने बताएका छन्। उनले यहाँ अब बिहीबारबाहेक सबै दिन खरसाङ गोर्खे बजार लाग्ने र यहाँ दोकान खोल्न चाहानेहरुले‌ आजोजक समिति समक्ष सम्पर्क गर्न सक्ने पनि बताएका छन्।

सचिव महेश छेत्रीले खरसाङ गोर्खा हाट र खरसाङ गोर्खे बजारमा‌ भिन्नता रहेको बताउँदै खरसाङ गोर्खे बजारमा विभिन्न सर सामानहरु बाहिरबाट ल्याएर पनि बिक्री गर्न सकिने तर सबैजना जातीय भेषभूषामा सजिएर आउनु पर्ने भएको पनि जानकारी गराएका छन्। उनले यस खरसाङ गोर्खे बजार सञ्चालनको लागि सहयोग गर्ने खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement