नयाँ दिल्ली: जिल्ला सप्तरी राजबिराज नगरपालिका वार्ड न० ५ मदेश प्रदेश, नेपाल निवासी स्वर्गीय मिहिर चन्द्र सरकार एवं स्वर्गीय कल्पना सरकार को कान्छो छोरा पार्थो सरकारलाई डा अम्बेडकर इन्टरनेशनल सेन्टर, जनपथ नयाँ दिल्ली भारतमा अखिल भारतीय कायस्थ महासभाद्धारा आयोजित स्वामी विवेकानन्द तथा महर्षि महेश योगीको जन्म जयन्ती समारोहमा सामाजिक अभियन्ताको रुपमा सरकारलाई डा अनुप कुमार श्रीवास्तव (आईआरएस) पूर्व प्रधान आयुक्त भारत सरकारको हातबाट ट्रफी ग्रहण गरियो। उक्त कार्यक्रममा नेपाल सरकार मधेशी आयोगका अध्यक्ष डा विजय कुमार दत्त, मधेश प्रदेश सभा सदस्य, मनिष सुमन, मिशन २ करोड अन्तर्राष्ट्रियको अध्यक्ष अनिल कर्ण, कर्ण कायस्थको अध्यक्ष पुनम दास,आरएसएस दिल्ली प्रमुख जितेन्द्र श्रीवास्तव, राजविराजबाट अन्तर्राष्ट्रिय सचिव राजकुमार लाल दास लगायत हजारौं हजारको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि भारत सरकारको बन मन्त्री डा अरुण सक्सेना थिए भने विश्व हिन्दू महासंघको राष्ट्रिय अध्यक्ष एवं महर्षि चक्रपाणि महाराज, वृंदावन चित्रगुप्त पीठका स्वामी सच्चिदानन्द लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।