एपीसी रे पोलिटेक्निकका एलुम्नाइ एसोसिएसनले कलेजको ७५औं वार्षिकोत्सव (डायमण्ड जुबिली) र २१औं पुनर्मिलन मनायो

IMG-20250114-WA0007

कोलकाता: कोलकाताको जादवपुरस्थित अचार्य प्रफुल्ल चन्द्र रे पॉलिटेक्निकको ७५औं वार्षिकोत्सव (डायमण्ड जुबिली) र एलुम्नाइ एसोसिएसनको २१औं पुनर्मिलन कार्यक्रम आइतबार, १२ जनवरी २०२५ मा संस्थाको क्याम्पसमा भव्य रूपमा सम्पन्न भयो। यस विशेष अवसरमा ख्यातिप्राप्त रंगमञ्च व्यक्तित्व तथा वरिष्ठ अभिनेता श्री देबशंकर हल्दार र पश्चिम बंगाल स्कूल सेवा आयोग (डब्ल्युबीएसएससी) का अध्यक्ष सिद्धार्थ मजुमदार सम्मानित अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका पूर्व प्राचार्य, संस्थाका पूर्व विद्यार्थी तथा एलुम्नाइ एसोसिएसनका संस्थापक तथा प्रमुख संरक्षक अशुतोष चक्रवर्तीले कलेजको गौरवमय इतिहास र परम्पराको चर्चा गरे। उनले बताएअनुसार, यो कलेजको स्थापना सन् १९५० मा “कोलकाता शिल्प मन्दिर” नामबाट भएको थियो। यो कलेज प्रसिद्ध बंगाली वैज्ञानिक अचार्य प्रफुल्ल चन्द्र रेको नामबाट सजिएको छ, जसको मूल्य र आदर्शले विद्यार्थी तथा शिक्षकहरूलाई सधैं प्रेरित गर्दै आएको छ। सन् १९५० देखि यो इन्जिनियरिङ कलेजले गुणस्तरीय डिप्लोमा इन्जिनियरहरू उत्पादन गर्दै आएको छ, जो आज विभिन्न क्षेत्रहरूमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वभर फैलिएका छन्।

एलुम्नाइ एसोसिएसनका अध्यक्ष पार्थ प्रतिम सरकारले एसोसिएसनका लक्ष्य र उद्देश्यहरूबारे जानकारी गराउनुभयो भने सचिव बिभास चन्द्र जानाले वर्षभरका गतिविधिहरूको सारांश प्रस्तुत गर्दै डायमण्ड जुबिली समारोहका प्रमुख घटनाहरू उल्लेख गरे। सम्मानित अतिथि देबशंकर हल्दारले आफ्नो जीवनको लामो र कठिन यात्रा तथा कलाकारितामा सफलताको अनुभव बाँड्दै प्रेरणादायक सम्बोधन गरे। सिद्धार्थ मजुमदारले प्राविधिक शिक्षाको महत्वबारे चर्चा गर्दै एपीसी रे पोलिटेक्निकले उद्योग र समाजमा दिएको योगदानको प्रशंसा गरे। कार्यक्रममा ख्यातिप्राप्त शिक्षाविद, संस्थाका प्राध्यापकहरू, सरकारी र निजी क्षेत्रका वरिष्ठ पेशेवर तथा उद्यमीका रूपमा काम गरिरहेका पूर्व विद्यार्थीहरू, र वर्तमान विद्यार्थीहरूको उपस्थिति थियो। कार्यक्रममा संस्थाका केही विशिष्ट पूर्व विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने हाल अध्ययनरत केही मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो। प्रख्यात बङ्गाली लोक ब्याण्ड “ढम्सा मादोल” ले दिउँसोलाई ऊर्जा र उत्साहले भरिदियो। साथसाथै, लोकप्रिय रियालिटी शो “जी बङ्गला  सारेगमापा” का प्रख्यात गायकहरू संहिता र अव्रदीपले सांगीतिक प्रस्तुति दिए। यो दिन विशेषगरी भावुक बन्यो किनभने धेरै पुराना एलुम्नाइ सदस्यहरूले आफ्ना सहपाठीहरूलाई धेरै वर्ष वा केही दशकपछि भेट्न पाए। कलेजको परिसर, कार्यशाला, प्रयोगशाला, र कक्षाकोठाहरू घुम्दा उनीहरू पुराना दिनहरूको स्मृतिमा हराए। त्यतिबेला गरिएको रमाइलो, तनाव, सम्झनायोग्य घटनाहरू र कहिल्यै नभुलिने क्षणहरूलाई स्मरण गर्दै भावुक बने। कार्यक्रमको अन्त्यमा कार्यकारी अध्यक्ष प्रसुन कान्ति भट्टाचार्यले धन्यवाद ज्ञापन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement