नयाँ दिल्ली: सूचना एवं प्रसारण मन्त्रालयद्वारा प्रयागराजमा त्रिवेणी मार्गस्थित प्रदर्शनी परिसरमा “जनभागीदारीद्वारा जनकल्याण” र विगत एक दसकमा भारतको उपलब्धि, कार्यक्रम र नीति एवं योजनाहरूमाथि आधारित प्रदर्शनीको उद्घाटन गरियो। उद्घाटनको पहिलो दिन नै हजारौं मानिस प्रदर्शनी हेर्न पुगेका थिए। त्रिवेणी पथ प्रदर्शनी परिसरमा आयोजित यो प्रदर्शनी १३ जनवरीदेखि २६ फरवरी २०२५ सम्म आम जनताद्वारा अवलोकनको निम्ति निःशुल्क खुल्ला रहनेछ। डिजिटल प्रदर्शनीमा एनामार्फिक वाल, एलईडी टीभी स्क्रीन, एलईडी वाल, होलोग्राफिक सिलिण्डरको माध्यमद्वारा विभिन्न जनकल्याणकारी योजनाको जानकारी प्रदर्शित गरिँदैछ।

प्रदर्शनीको मुख्य विशेषता : सरकारका प्रमुख कल्याणकारी योजनाहरूको प्रदर्शन
यस प्रदर्शनीको माध्यमद्वारा भारत सरकारका विभिन्न जनकल्याणकारी योजना जस्तै प्रधानमन्त्री जन आरोग्य योजना, नमो ड्रोन दिदी, लखपति दिदी, वेभ्स, प्रधानमन्त्री इन्टर्नशीप योजना, मुद्रा योजना, प्रधानमन्त्री फसल बीमा योजना, डिजिटल इण्डिया, प्रधानमन्त्री आवास योजना, विद्याञ्जली, आत्मनिर्भर भारत, स्किल इण्डिया, एक भारत श्रेष्ठ भारत, प्रधानमन्त्री उज्ज्वला योजना, हर घर जल योजना, प्रधानमन्त्री कौशल विकास मिशन, स्वच्छ भारत मिशन, प्रधानमन्त्री पथ पसले आत्मनिर्भर निधि, स्वतन्त्र भारतको तीन नयाँ आपराधिक कानून, प्रधानमन्त्री किसान सम्मान निधिका साथसाथै महिला सशक्तिकरण योजना अनि विभिन्न अन्य योजनाका जानकारी आम जनमानसलाई प्रदान गरिँदैछ।

सांस्कृतिक आकर्षण: उत्तर प्रदेशमा विविध लोक एवं शास्त्रीय कार्यक्रम
सूचना एवं प्रसारण मन्त्रालयद्वारा डिजिटल प्रदर्शनीका अतिरिक्त, उत्तर प्रदेशको विभिन्न क्षेत्रका २०० भन्दा धेरै लोक एवं शास्त्रीय कार्यक्रमलाई पनि विभिन्न स्थलमा आकर्षक सांस्कृतिक कार्यक्रमको शृङ्खलाको माध्यमद्वारा प्रदर्शित गरिँदैछ। यी कार्यक्रमहरूमा भारत सरकारको विगत दश वर्षका उपलब्धि, योजना, कार्यक्रम र नीतिहरू पनि आम जनमानसबीच प्रदर्शित गरिनेछन्। यी सांस्कृतिक कार्यक्रमहरूको आयोजन पनि महाकुम्भको सम्पूर्ण अवदि अर्थात १३ जनवरीदेखि २६ फरवरीसम्म गरिनेछ।

प्रत्येक सांस्कृतिक कार्यक्रमले अनौठो गाथा बयान गर्नका साथै आफ्नो क्षेत्रको स्थानीय रीतिरिवाज, आध्यात्मिकतालाई प्रदर्शित गर्दछ। महाकुम्भमा आउने आम जनमानसलाई यसले उत्कृष्ट दृश्य अनि कलात्मक अनुभव प्रदान गर्नेछ। यी सांस्कृतिक कार्यक्रमहरूमा सयकडौं प्रतिभाशाली कलाकारले भाग लिँदै विभिन्न क्षेत्रीय नृत्य एवं गायन शैलीको प्रतिनिधित्त्व गरिरहेका छन्। -पीआईबी