फुलबारी: बुधबार पश्चिमाबङ्ग नास्यशेख विकास परिषदले ‘भूमिपुत्र स्वीकृति’ माग गर्दै जलपाईगुडी जिल्ला मजिस्ट्रेटलाई ज्ञापनपत्र बुझाउने भएको छ। मंगलबार फुलबारीमा आयोजित पत्रकार सम्मेलनमा पश्चिमाबङ्ग नास्यशेख विकास परिषद्को जलपाईगुडी जिल्ला समितिका सदस्यहरूले यो जानकारी दिएका हुन्।यस सम्बन्धमा सङ्गठनका सदस्य मोहम्मद सहेन्सा फिरदौस आलमले भने कि भोलि अर्थात जनवरी १५ मा भूमिपुत्र स्वीकृति र अन्य मागका सम्बन्धमा जलपाईगुडी जिल्ला मजिस्ट्रेटमार्फत मुख्यमन्त्रीलाई उक्त ज्ञापनपत्र बुझाइने छ। उनले जलपाईगुडी जिल्लाका सबै जनतालाई यस सार्वजनिक ज्ञापनमा सहभागी हुन अपील गरेका छन्।