अल इण्डिया फुटबल फेडरेशनको अध्यक्ष पदका लागि निर्वाचित कल्याण चौबेलाई बधाई

IMG_20220902_214155.jpg

गान्तोक: भाजपा सिक्किमले अल इण्डिया फुटबल फेडरेशनको अध्यक्ष पदका लागि निर्वाचित कल्याण चौबेलाई बधाई तथा शुभकामना दिएका छन्। भाजपाअनुसार तिनको नेतृत्वमा भारतीय फुटबलको उज्ज्वल भविष्यको आशा व्यक्त गरेको छ। भाजपा सिक्किमका प्रवक्ता डा. राजु गिरीले एआईएफएफको चुनाउमा पश्चिम बंगालका पूर्व फुटबल खेलाड़ी कल्याण चोबे विजयी बनेको बताउॅंदै एआईएफएफ अध्यक्ष पदको निम्ति भारतीय इतिहासमा पहिलोपल्ट दुईजना पूर्व फुटबल खेलाड़ीहरू मैदानमा थिए भनी बताएका छन्। उनले प्रेस विज्ञिपतमा भनेका छन्, ‘पहिलोपल्ट एक पूर्व फुटबल खेलाड़ी एआईएफएफ अध्यक्ष बनेका छन्। विजयी कल्याण चौबेलाई बधाई तथा शुभकामना दिँदै उनको नेतृत्वमा भारतीय फूटबलको उज्ज्वल भविष्यको आशा गर्दछौं।’
यसपल्ट सिक्किमबाट भारतीय टीमका पूर्व कप्तान भाइचुङ भोटियाले पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकाले सिक्किममा पनि यस चुनाउबारे निकै चर्चा चुलिएको थियो। भारतीय जनता पार्टी सिक्किम प्रदेशले पनि आफ्नो तर्फबाट सिक्किमका छोरा राष्ट्रिय फुटबल खेलाड़ी तथा फुटबल आइकनका रूपमा चिनिएका भाइचुङ भोटियालाई समर्थन गर्दै अपील गरेको थियो। तर पनि चुनाउमा उनको सोचे जस्तो परिणाम नआए पनि उनले एक आत्मविश्वासका साथ यस चुनाउमा प्रतिस्पर्धा गरेका छन्। उनले आगामी दिनमा पनि आफ्नो स्तरबाट फुटबल जगतमा आफ्नो योगदान जारी राख्नेछन् भन्ने आशा गर्दछौं, प्रवक्ता गिरीले भनेका छन्।
अर्कोतिर, यो चुनाउलाई राजनीतिक चश्माले हेर्नेहरूले आफ्नो चरित्रलाई उदाङ्गो बनाएको उनले बताएका छन्। उनले भनेका छन्, खेल जगतको एउटा आफैंमा अलग विशेषता छ, फुटबल महासंघ नितान्त अराजनैतिक संस्था हो। तर यस चुनाउमा भाइचुङ भोटियाको पराजयलाई लिएर कतिपयले भारतीय जनता पार्टीलाई सोझै दोष्याउने दुष्प्रयास गरिरहेकोमा हामी कड़ा आपत्ति जनाउँदै घोर भर्त्सना जनाउँदछौं। कल्याण चौबे पश्चिम बंगालबाट हुन् जहाँ तृणमूल कंग्रेसको सरकार छ। यस्तै प्रकारले देशका ३४ वटा राज्य तथा केन्द्र शासित प्रदेशका फुटबल संघले मतदान गरेको चुनाउमा यदि राजनीति नै हावी थियो भने कल्याण चोबेले ३४ मा ३३ मत अवश्यै पनि पाउनेथिएनन्, किनकि ३३ वटै राज्यहरूमा भाजपाको सरकार छैन, उनले स्पष्ट गर्दै भनेका छन्। अर्कोतिर, पश्चिम बंगाल, केरल जस्ता प्रखर भाजपाविरोधी राज्यहरूबाट पनि कल्याण चोबेलाई मत जानुले नै स्पष्ट हुन्छ कि फुटबल महासंघको चुनाउ निष्पक्ष अनि राजनीतिदेखि माथि उठेर मतदान भएको उनले दाबी गरेका छन्। यसकारण जो-जसले पनि यस चुनाउलाई राजनीतिक चश्माले हेर्दै अनर्गल रूपमा भारतीय जनता पार्टीलाई दोष्याउने काम गर्दैछन्, त्यो सरासर भर्त्सनीय र निन्दनीय रहेको उनले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *