अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको सुभाषिनी क्षेत्रकाे राष्ट्रिय राजमार्ग नम्बर ३१ मा आज भएको मोटरसाइकल र गाडी दुर्घटनामा एक जनाको मृत्यु छ भने एक महिला घाइते भएकी छन्। यस सडक दुर्घटनामा मोटरसाइकल चालक अशोक माझीको घटनास्थलमै मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छिन्। घटनाको खबर प्राप्त हुने बित्तिकै पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाएको थियो।