बाग्राकोट: कालिम्पोङ जिल्ला प्रशासनले बाग्राकोटस्थित भाइरल सेलरोटी पुलमा फोटो र भिडियो खिच्न प्रतिबन्ध लगाएको छ। कालिम्पोङका जिल्ला शासकले सोमबार यस्तो आदेश जारी गरेका हुन्। सरकारी निर्देशानुसार यस पुलभन्दा अगाडिको ५०० मिटरदेखि अर्को ५०० मिटरसम्म कुनै पनि सवारीसाधन रोकिने पाउने छैन। यति मात्र होइन,कसैले पनि गाडी रोकेर यस पुलको फोटो वा सेल्फी लिन पनि नपाइउने भएको छ।प्रशासनले यात्रुहरुको सुरक्षालाई ध्यानमा राखी विभिन्न प्रतिबन्ध लगाएको विज्ञप्तिमा स्पष्ट गरिएको छ। नेशनल हाइवे इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले निर्माणाधीन सेलरोटी पुलको बाँकी काम सहजरुपमा सञ्चालन गर्न र दुर्घटना हुन् नदिन कालिम्पोङ जिल्ला प्रशासनलाई आग्रह गरेको बताइएको छ। यो सेलरोटी पुल निर्माण हुनुअघि नै जनताको ध्यानाकर्षण भएको उल्लेख छ। पछिल्ला केही दिनमा त्यहाँ अधिक भन्दा अधिक मानिसहरु जाने गरेका छन्। विशेषगरी पुलमा सेल्फी खिच्ने वा रिल बनाउने प्रतिस्पर्धा हुन्थ्यो । जसमा प्रशासनको ध्यान गएको छ। त्यहाँ केही दिनअघि पनि दुर्घटना पनि भएको थियो।अन्ततः जिल्ला प्रशासनले सोमबार पुल सम्बन्धमा नयाँ आदेश जारी गरेको हो।