‘जम्प्ड डिपोजिट’ घोटालाबारे स्पष्टीकरण

IMG-20250114-WA0223

कोलकाता: साइबर ठगहरूले निर्दोष व्यक्तिहरूलाई ठगी गर्न नयाँ नयाँ तरिका अपनाउँदै आएका छन्। यसै क्रममा, बजारमा ‘जम्प्ड डिपोजिट स्क्याम’ नामक नयाँ साइबर घोटाला देखा परेको छ। यो घोटाला विशेष गरी युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) प्रयोगकर्ताहरूलाई लक्षित गरेको छ। हालैका दिनहरूमा ‘जम्प्ड डिपोजिट’ घोटालासम्बन्धी अनलाइन ठगीका खबरहरू मिडियामा देखिएका छन्। यी रिपोर्टहरूमध्ये केहीमा प्राविधिक अशुद्धि र विसंगतिहरू देखिएका छन्, जसले युपीआई प्लेटफर्मप्रति प्रयोगकर्ताहरूमा अनावश्यक डर र भ्रमको स्थिति सिर्जना गरेको छ। ‘जम्प्ड डिपोजिट’ घोटालाबारे मिडियामा आएको विवरण युपीआई प्लेटफर्ममा आधारित छैन भन्ने बताइएको छ।

यस विषयमा उत्पन्न चिन्ताहरूलाई सम्बोधन गर्न र स्पष्टता प्रदान गर्न, नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इण्डिया (एनपीसीआई) ले निम्न मुख्य स्पष्टीकरण जारी गरेको छ:

केवल युपीआई वा ब्यांक एप्लिकेसन खोल्दैमा कुनै लेनदेन स्वचालित रूपमा स्वीकृत हुँदैन। कुनै पनि लेनदेन सम्पन्न गर्नका लागि प्रयोगकर्ताले भुक्तानी अनुरोधमा गई, युपीआई पिन इनपुट गर्दै, स्पष्ट रूपमा ‘पेमेन्ट’ विकल्पमा क्लिक गर्नुपर्छ। यो प्रक्रिया बिना लेनदेन सम्भव हुँदैन। युपीआई एउटा उपकरणमा आधारित भुक्तानी प्रणाली हो। यसको अर्थ, भुक्तानी खाता प्रयोगकर्ताको दर्ता गरिएको मोबाइल नम्बर र विशेष मोबाइल उपकरणसँग सुरक्षित रूपमा जोडिएको हुन्छ। केवल प्रयोगकर्ताले नै लेनदेनको शुरुवात गर्न सक्छन्। ब्यालेन्स जाँच गर्नका लागि पनि पिन इनपुट आवश्यक हुन्छ, र यसले कुनै पनि निकासी वा भुक्तानी अनुरोधलाई स्वचालित रूपमा स्वीकृत गर्दैन। हरेक अनुरोधलाई छुट्टै लेनदेनको रूपमा हेरिन्छ।

युपीआई लेनदेन मजबूत सुरक्षा प्रोटोकल र कडा नियामक उपायहरूद्वारा संरक्षित छन्। यसको वास्तविक-समय क्षमताहरू र इन्टर-अपरेबिलिटीले डिजिटल भुक्तानीलाई सरल र सहज बनाएको छ। एनपीसीआईले प्रयोगकर्ताहरूलाई युपीआई प्रणालीलाई आत्मविश्वासका साथ प्रयोग गर्न प्रोत्साहन गर्दछ। यसको बलियो सुरक्षा सुविधाले यसलाई सुरक्षित र भरपर्दो बनाएको छ। प्रस्तुत सामग्री जारी गरिएको आधारमा गरिएको होl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement