विराटनगरबाट १६ किलो गाँजा बरामद

IMG-20250114-WA0269

विराटनगर: विराटनगरबाट प्रहरीले मंगलबार बिहानका राति लागुऔषध गाँजा बरामद गरेको छ। विराटनगर महानगरपालिका-१८ रेलवे बाट १६ किलोग्राम गाँजा बिहान करिब १ बजेतिर बरामद भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुधनगरबाट सइ राजन कार्कीको नेतृत्वमा खटिएको टोलीले गाँजा फेला पारेको हो। कालो प्लाष्टिकको बोरामा बोकेर भारततर्फ लैजाँदै गरेका व्यक्ति प्रहरीलाई देख्नसाथ गाँजा छाडेर फरार भएका थिए।
फरार भएकाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। यस विषयमा इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement