पाकिम: एसडीएम, बीडीओ र बीएलओहरूका लागि पाकिमको स्थानीय सामुदायिक कम्प्लेक्समा प्रशिक्षण कार्यक्रम आयोजना गरियो। प्रशिक्षण कार्यक्रम आगामी पञ्चायत चुनाउलाई ध्यानमा राख्दै मस्यौदा मतदाता नामावलीको दावी र आपत्ति फारमको सम्बन्धमा राखिएको थियो। कार्यक्रममा गान्तोकका एडीएम हेमन्त राई स्रोत वक्ता थिए।
यस अवसरमा जिल्लापालले भोटर कार्ड र आधार कार्डलाई जोड्न कार्यको प्रगतिबारे पनि जानकारी लिएका थिए। तिनले भारतको निर्वाचन आयोगले निर्धारण गरेको समय अवधि यस विशेष अभियानलाई पुरा गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देश दिए। आगामी १८ सेप्टेम्बर, आइतवारका दिन भोटर कार्ड र भोटर कार्ड लिंक गर्न विशेष शिविर आयोजना गरिने बताइएको छ।