‘साँझको बेला’ म्युजिक भिडियो केही दिनमा सार्वजनिक हुने

WhatsApp-Image-2025-01-14-at-13.53.51

दार्जीलिङ: दार्जीलिङ पहाडी भेकको रमाइलो प्राकृतिक वातावरणमा शुटिङ गरिएको म्युजिक भिडियो साँझको बेलाको काम सकिएको छl ६ जनवरीदेखि शुरु गरिएको यस म्युजिक भिडियोको शुटिङ आइतबार (१२ जनवरी) सकिएको यसका निर्देशक गोपाल लाबरले बताएका छन्l अब केही दिनमा साँझको बेला  म्युजिक भिडियो नेपाली संसारमा सार्वजनिक हुनेछl

तकदाह चियाबारीको सप्तक सांगीतिक समूहको प्रस्तुतिमा निर्माण गरिएको यस म्युजिक भिडियोको प्रोडक्सनको काम दार्जीलिङको गरिमा प्रोडक्सनले गरेको छl साँझको बेला  म्युजिक भिडियोका गायक तथा सङ्गीतकार वाङ्गे गुरुङ हुन् भने यसका शब्द रचना पनि उनैले गरेका छन्l  यसमा मोडलको रुपमा काम गर्ने अभिनेता रिन्छेन लामा हुन् भने अभिनेत्री सन्जु छेत्री रहेकी छिन्l

साँझको बेला  म्युजिक भिडियोका निर्माता सप्तक सांगीतिक समूहले तकदाह क्षेत्रमा नयाँ प्रतिभाहरूलाई निखार्नका लागि सांगीतिक कार्यक्रमहरू पनि आयोजना गर्ने गरेको छl सन् २००३ मा सप्तक सांगीतिक समूहले आयोजना गरेको भ्वाइस अफ् तकदाहको प्रतियोगिताका विजयी प्रतियोगी हुन् वाङ्गे गुरुङl सन् २०२१ मा सम्पन्न भएको प्रतियोगिता सिक्किम ई-कल्चरमा उनी विजयी भएका हुन्l वाङ्गे गुरुङ जीसारेगमपका प्रतियोगी पनि हुन्l निर्देशक गोपाल लाबर गरिमा प्रोडक्सनका प्रमुख हुन् भने उनी दार्जीलिङ भेकका एक जना पनि सञ्चारकर्मी हुन्l उनले सोसियल मिडिया दार्जीलिङ लाइभ संचालन गरिरहेका छन्l साँझको बेला  म्युजिक भिडियोमा दार्जीलिङ पहाडी भेकको रमाइलो प्राकृतिक सौन्दर्यक दृश्यहरू देख्न पाइने छl पर्यटकहरूको मनपर्दो गन्तव्य लामाहट्टा, हाल चर्चामा रहेको बलाबाँसआदि ठाउँहरूमा यसको शुटिङ गरिएको छl

About Author

Advertisement