नयाँ प्रशिक्षकको साथ खेल्न तयार पीभी सिन्धु

IMG-20250114-WA0189

नयाँ दिल्ली: इण्डोनेशियाका अनुभवी प्रशिक्षक इरवानस्याह आदि प्रतामाको देखरेखमा अभ्यास शुरु गर्ने दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धुले बताएअनुसार, करियरको यस चरणमा पनि उनमा सफलता हासिल गर्ने भावना बाँकी रहेको छ। हैदराबादकी यस २९ वर्षीय पूर्व वर्ल्ड च्याम्पियन खेलाड़ीले गत २ सालमा लगातार प्रशिक्षक बद्लिए पनि अपेक्षित सफलता हासिल गर्न सकेकी छैनन्। यसमा पेरिस ओलम्पिकको निराशाजनक प्रदर्शन पनि सामेल छ। गत महिना आफ्नो विवाहले गर्दा मलेशिया ओपन खेल्नदेखि चुक्ने सिन्धुले इण्डिया ओपन सुपर ७५० टुर्नामेण्टको निम्ति प्रशिक्षक इरवानस्याहको देखरेखमा अभ्यास शुरु गरेकी छन्। इण्डोनेशियाका यस प्रशिक्षकले जोनाथन क्रिस्टी र एन्थोनी गिंटिंग जस्ता पुरुष एकल खेलाड़ीहरूका करियरलाई शीर्षमा पुऱ्याउनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सिन्धुले भनिन्, मैले बेंगलुरुमा प्रशिक्षक इरवानस्याहको देखरेखमा अभ्यास शुरु गरेकी छु। अहिले केवल डेढ़ हप्ता भएको छ। मूल रूपले उनी महिला एकल कोच हुन्। यसको साथमा उनले केही युवा पुरुष खेलाड़ीहरूलाई पनि प्रशिक्षण दिइरहेका छन्। म उनीसँग काम जारी राख्न चाहन्छु। कोच र खेलाड़ीबीच आपसी तालमेल महत्त्वपूर्ण हुन्छ। यसमा केही समय लाग्नेछ। हामीलाई एकार्काको सोचलाई बुझ्न केही अभ्यास सत्रको आवश्यकता पर्नेछ। मैले उनको बारेमा धेरै असल कुराहरू सुनेको छु अनि मेरो निम्ति उनी सही कोच हुनेछन्। उनले जसरी प्रतिद्वन्द्वी खेलाड़ीहरूलाई लिएर योजना बनाउँछन् त्यो असाधारण हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement