दक्षिण अफ्रिकी टीममा नोर्खिया र एनगिडीलाई स्थान

IMG-20250114-WA0178

जोहान्सबर्ग: अनुभवी पेस बलर एनरिक नोर्खिया र लुंगी एनगिडीले १९ फरवरीदेखि शुरु हुने च्याम्पियन्स ट्रफीको निम्ति दक्षिण अफ्रिकी टीममा स्थान पाएका छन्। टुर्नामेण्टमा दक्षिण अफ्रिका ग्रुप बी-मा अफगानिस्तान, अष्ट्रेलिया र ईंग्ल्याण्डसँग रहेको छ।नोर्खिया र एनगिडीलाई चोटले सताए पनि अहिले दुवै फिट छन्। दक्षिण अफ्रिकाको १५ सदस्यीय टीमको अगुवाई टेम्बा बावूमाले गर्नेछन्। आईसीसी वनडे वर्ल्ड कप (२०२३)-को सेमिफाइनलमा स्थान बनाउने टीमका दशजना खेलाड़ीहरूलाई च्याम्पियन्स ट्रफीको निम्ति चयन गरिएको छ। यसबाहेक टोनी डी जोर्जी, रियान रिकेल्टन, ट्रिस्टन स्टब्स र वियान मुल्डरलाई पहिलोपल्ट कुनै वनडे आईसीसी टुर्नामेण्टको निम्ति चयन गरिएको छ। मुख्य प्रशिक्षक रब वाल्टरले भने, यस टीममा भरपूर अनुभव रहेकोछ, जसमा धेरै खेलाड़ीहरू लगातार उच्च दबाउको परिस्थितिहरूमा असल प्रदर्शन गर्न सक्षम छन्। हामी आफ्नो २०२३ वर्ल्ड कप टीमको मुख्य समूहलाई समेट्न सफल भएका छौं। आईसीसी टुर्नामेण्टहरूमा हाम्रो गत केही सालको प्रदर्शनले हामी धेरै अघि बढ्न सक्षम छौं भन्ने पत्तो लागेको छ। च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले २१ फरवरीमा अफगानिस्तानविरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछ।
च्याम्पियन्स ट्रफीको निम्ति दक्षिण अफ्रिकी टीमः टेम्बा बावूमा (कप्तान), टोनी डी जोर्जी, मार्को यानसन, हेनरिक क्लासेन, केशव महाराज, एडेन मार्करम, डेविड मिलर, वियान मुल्डर, लुंगी एनगिडी, एनरिक नोर्खिया, कगिसो रबाडा, रियान रिकाल्टन, तबरेज शम्सी, ट्रिस्टन स्टब्स र रास्सी वेन डेर डुसेन

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement