जोकोविचको संघर्षपूर्ण जीत, अल्काराज पनि अघि बढ़्न सफल

IMG-20250114-WA0177

मेलबर्न: भारतीय मूलका अमेरिकी टेनिस खेलाड़ी १९ वर्षीय निशेष बासवारेड्डीले १० पल्टका अष्ट्रेलियन ओपन च्याम्पियन नोवाक जोकोविचविरुद्ध म्याच जित्न नसके पनि आफ्नो लड़ाकू प्रदर्शनद्वारा रड लेवर एरेनामा उपस्थित दर्शकहरूका मन जित्न सफल भए। म्याचको शुरुवातमा एक समय त निशेषले सालको पहिलो ग्राण्ड स्ल्याममा ठूलो उलटफेर गर्ने लागिरहेको थियो। उनले पहिलो सेट जितेर दोस्रो सेटमा पनि असल प्रदर्शन गरिरहेका थिए तर रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम विजेता ३७ वर्षीय जोकोविचले पनि आफ्नो अनुभवको फाइदा उठाए। यसरी उनले म्याच ४-६, ६-३, ६-४, ६-२-ले जितेर दोस्रो राउण्डमा स्थान बनाए। जोकोविच अन्तिमपल्ट कुनै ग्राण्ड स्ल्यामको पहिलो राउण्डमा साल २००६-को अष्ट्रेलियन ओपनमै हारेका थिए। त्यस समय उनलाई अमेरिकी खेलाड़ी पल गोल्डस्टीनले पराजित गरेका थिए। त्यस समय निशेषको उमेर केवल केही महिना थियो। गोल्डस्टीन पछिबाट स्टेनफोर्ड यूनिभर्सिटीमा निशेषको प्रशिक्षक बनेका थिए। म्याचको पहिलो घण्टासम्म त दुईजना अमेरिकी मिलेर १९ साल अघिको घटनालाई दोहोऱ्याएर जोकोविचको करियरलाई नयाँ दिशा दिन चाहन्छन् जस्तो लागिरहेको थियो। अन्तमा त्यस्तो केही हुन सकेन अनि जोकोविचले ग्राण्ड स्ल्याममा आफ्नो ३७८औं जीतको अवधि २३ वटा एस लगाए। म्याचपछि जोकोविचले भने, निशेषको खेलले म प्रभावित भए। उनले पहिलो सेट अनि दोस्रो सेटको आधा समयसम्म मभन्दा असल प्रदर्शन गरे। भविष्यमा मलाई उनीबाट यसभन्दा पनि असल प्रदर्शनको आशा रहनेछ। दोस्रो राउण्डमा जोकोविचको भिड़न्त पोर्तुगलका जेमी फारियासँग हुनेछ।
तेस्रो वरीयता प्राप्त स्पेनका कार्लोस अल्काराजले पनि पुरुष एकलमा जीतको साथ शुरुवात गरे। उनले कजाखस्तानका अलेक्जेण्डर शेवचेंकोलाई सीधा सेटमा ६-१, ७-५, ६-१-ले पराजित गरे। २१ वर्षीय अल्काराजको निम्ति यो टुर्नामेण्ट महत्त्वपूर्ण छ। उनले अहिलेसम्म चारवटा ग्राण्ड स्ल्याम जितिसकेका छन् तर अष्ट्रेलियन ओपनमा चाहिँ अहिलेसम्म ट्रफी जित्न सकेका छैनन्। यसपाली मेलबर्नमा ट्रफी जित्न सके उनी चारवटा ग्राण्ड स्ल्याम खिताब जित्ने सबैभन्दा युवा खेलाड़ी बन्नेछन्। दोस्रो राउण्डमा अल्काराजको भिड़न्त जापानका योशिहितो निशिओकासँग हुनेछ। यसबीच चोटमुक्त भएर खेल्नमा फर्किने अष्ट्रेलियाका निक किर्गियोसले चाहिँ हारको साथ पहिलो राउण्डमै बिदा लिनु पऱ्यो। उनलाई विश्वका नम्बर ९२ खेलाड़ी जेकब फर्नलीले ७-६, ६-३, ७-६-ले पराजित गरे। म्याच हारेपछि २९ वर्षीय किर्गियोसले यो सम्भवत उनको अन्तिम एकल म्याच रहेको बताए। यसबाहेक १९९८-मा अष्ट्रेलियन ओपन जित्ने पेट्र कोर्डाका छोरा अमेरिकाका २२औं वरीयता प्राप्त सेबेस्टियन कोर्डाले ल्यूकाइस क्लेइनलाई ६-३, ०-६, ६-३, ७-६-ले पराजित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement