इन्टरनेशनल पञ्जाबद्वारा सिङ्गलिङ एफसी पराजित

IMG-20250113-WA0330

जोरथाङ: दक्षिण जिल्लाको जोरथाङको खेल मैदानमा गत ९ जनवरीदेखि शुरु भएको १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्ड कपको आज पाँचौं दिनको खेल सिङलिङ एफसी र इन्टरनेशनल पञ्जाबबीच सम्पन्न भयो। म्याचमा इन्टनेशनल पञ्जाबले शून्यकोविरूद्ध दुई गोल गरेर सिङलिङ एफसीलाई पराजित गर्दै अघिलो चरणमा स्थान पक्का गरेको छ। इन्टरनेशनल पञ्जाब खेलाडी मनप्रित बुल्लरलाई म्यान अफ् द म्याच घोषित गरियो।
आजको यस प्रतियोगितामा मुख्य अतिथिकोरूपमा मल्ली निर्वाचन क्षेत्रका विधायक एनबी प्रधान रहेका थिए भने विशिष्ट अतिथिहरूमा क्षेत्र विधायक मदन सिञ्चुरी, पूर्व विधायक सुनिता गजमेर लगायत अन्यहरू पनि सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement