गान्तोक: सिक्किमका दुई उदीयमान फुटबल खेलाडीहरू राप्गे लेप्चा र फुङहाङ सुब्बालाई मुख्यमन्त्री प्रेमसिंह तामाङले उनको उल्लेखनीय उपलब्धिमा हार्दिक बधाई तथा शुभकामना दिएका छन्।
राप्गे लेप्चा भारतीय फुटबलको एक प्रतिष्ठित फुटबल क्लब ईस्ट बंगाल क्लबमा आबद्ध भएका छन् भने फुङहाङ सुब्बा भारतीय फुटबलको अर्को प्रसिद्व क्लब मोहम्मडन स्पोर्टिङ क्लबमा सामेल भएका छन्।
यो अविश्वसनीय उपलब्धिले उनीहरूको असाधारण प्रतिभा र समर्पणलाई मात्र उजागर गर्दैन तर समग्र सिक्किम राज्यलाई पनि गौरवान्वित तुल्याएको मुख्यमन्त्रीले सोशियल साइट फेसबुक पोस्टमा बताएका छन्। उनले सिक्किम राज्यको तर्फबाट उनीहरू दुवैलाई उनीहरूको यात्राको यो रोमाञ्चक नयाँ अध्यायमा सफलताको कामना गर्दै अरू धेरैलाई उनीहरूका सपना पछ्याउन प्रेरित गरून् भनी शुभकामना दिएका छन्।