मकर संक्रान्तिको राज्यपालले दिए हार्दिक बधाई

IMG-20240717-WA0003

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सिक्किमवासीहरूलाई मकर संक्रान्तिको अवसरमा हार्दिक बधाई दिएका छन्।
राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘मकर संक्रान्ति हाम्रो देश र संस्कृतिको एउटा महत्वपूर्ण चाड हो, जुन सूर्यको धनु राशिदेखि मकर राशिमा प्रवेशको प्रतीक हो।
यस दिनले हाम्रो जीवनमा नयॉं उर्जा, सकारात्मकता र प्रकाशको सञ्चार गर्छ।’
राज्यपालले यो दिन हाम्रा परिश्रमी किसानहरूलाई सम्मान जनाउने पनि दिन रहेको बताएका छन्। उनले राज्यका सबै समुदायलाई मिलेर एकअर्कामा प्रेम, सौहार्द र भाइचाराका साथ चाड मनाउन आग्रह गरेका छन्।
मकर संक्रान्तिको यो चाडले सबैको जीवनमा खुशी, समृद्धि र शान्ति लिएर आओस् भनी उनले कामना गरेका छन्। राज्यपालले यो चाड हर्षोल्लासका साथ मनाउॅंदै सुनौलो, समर्थ र समृद्ध सिक्किमको निर्माण गरौं भनी आह्वान पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement