राष्ट्रिय स्तरमा सिक्किमलाई विष्णु कुमार गुरुङले प्रतिनिधित्व गर्ने

n64747928317367936210477177f91713c4db0813f318afd77b1e5f1a37ed97373ce193b1b4d2acef6e2abc

गान्तोक: सिक्किम स्पोर्टिङ क्लाइम्बिङ एसोसिएशनका सदस्य विष्णु कुमार गुरुङले नर्थ इस्ट जोन क्लाइम्बिङ कम्पिटीशनमा उल्लेखनीय उपलब्धि हासिल गर्दै मेडल जितेका छन्। यस उपलब्धिका साथै उनले बेङलोरमा आयोजन हुने प्रतिष्ठित नेशनल क्लाइम्बिङ कम्पिटीशनमा सिक्किमलाई प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।
एसोसिएशनका अध्यक्ष कुञ्जाङ ग्याछोले विष्णुको उपलब्धिप्रति हामी गर्वित छौं भने। विष्णुले सिक्किमलाई राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिरहेको बताउॅंदै उनलाई समर्थन गर्न एसोसिएशन प्रतिबद्ध रहेको उनले बताए। उनले एसोसिएशनका सबै सदस्यहरूलाई अगाडि आउन र विष्णुलाई समर्थन जनाउन आह्वान पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement