नरबहादुर भण्डारी छात्रवृत्ति योजनाअन्तर्गत लण्डनमा अध्ययन गर्न राज्यका दुई मेधावी विद्यार्थी छनौट

IMG_20220903_001102.jpg

मुख्यमन्त्रीले दिए दुवैलाई शुभकामना

गान्तोक: नरबहादुर भण्डारी छात्रवृत्ति योजनाअन्तर्गत राज्यका मेधावी विद्यार्थीहरूलाई विदेशका २० शीर्ष विश्वविद्यालयहरूमा उच्च अध्ययनको निम्ति सहयोग गर्ने कटिबद्धता व्यक्त गरेको छ। यो वर्ष यसै योजनाअन्तर्गत विदेशमा अध्ययनको निम्ति दुइजना मेधावी विद्यार्थीहरू छनौट भएको मुख्यमन्त्री कार्यालयबाट मुख्यमन्त्रीका सचिव एसडी ढकालले एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएका छन्। नरबहादुर भण्डारी मेधावी छात्रवृत्ति योजनाअन्तर्गत योपाली उच्च अध्ययनको निम्ति लण्डनको स्टेनफोर्ड विश्वविद्यालय अनि इम्पेरियल कलेजमा वेदान्त शर्मा अनि यशराज राई क्रमैले छनौट भएका छन्। वेदान्त शर्माले एरोनटिक्स अनि एस्ट्रोनटिक्समा एमएस गर्ने अवसर पाएका छन् भने यशराज राईले फाइनेनशियल टेक्नोलजीमा एमएससीको निम्ति अवसर पाएका छन्।

जानकारी गराइन्छ, वर्ष २०२२-को विश्वभरिका शीर्ष २० विश्वविद्यालयहरूको सूचीमा स्टेनफोर्ड विश्वविद्यालय तेस्रो स्थानमा अनि इम्पेरियल कलेज लण्डन सातौं स्थानमा पर्ने गर्छ।

यसरी विश्वका शीर्ष शैक्षिक संस्थानहरूमा अध्ययन गर्न अवसर पाएका राज्यका दुई मेधावी विद्यार्थीलाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले शुभकामना दिएका छन्। विज्ञप्तिमा थप जानकारी गराइए अनुसार, राज्य सरकारले नरबहादुर भण्डारी मेधावी छात्रवृत्ति योजनाअन्तर्गत ₹. १ करोड़को व्यवस्था गरिसकेको छ जसबाट उनीहरूलाई रु. ५०-५० लाख दिइनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *