मुख्यमन्त्री डा. सरमाले दिए भोगाली बिहुको ‘उरूका’-को शुभकामना

IMG-20240717-WA0003

गुवाहाटी:(असम) असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार भोगाली बिहुको उरूका पर्वको शुभकामना दिएका छन्।
शुभकामना दिने क्रममा उनले भने कि राष्ट्रिय जीवनको समृद्ध परम्परा एवं लोकाचारले परिपूर्ण भोगाली उरूकामा माता-पिता तथा परिवारसित भोजन गर्न नभुल्नु होला।आज यदि व्यस्त जीवनमा माता-पिता एवं परिवारसित भेट गर्न सकिँदैन भने उनीहरूको खोज-खबर भने अवश्य लिनु होला। ताकि उनीहरूले तपाईको अनुपस्थितिमा पनि तपाईको मायासित यो पर्व मनाउन सकुन्।
मुख्यमन्त्रीले भने, भोगाली बिहुको अवसरमा उनली माछा अनि सब्जीहरू प्रचुर मात्रामा उपहारको रूपमा प्राप्त भएको छ। हामीले यो तय गरेका छौं कि यी उपहारहरूलाई आर्थिक रूपमा कमजोर परिवारहरूसम्म पुऱ्याउने ताकि उनीहरूले पनि उरूकाको आनन्द उठाउन सकुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement