सिलगढी: आफ्नै साथीको हत्या गरेको आरोपमा पुलिसले दुई साथीलाई पक्राउ गरेको छ।
ति अभियुक्तहरुको नाम कार्तिक राई र सन्तु उराँउ हो। दुवै दक्षिण पलाश क्षेत्रका बासिन्दा हुन् भने मृतकको नाम योगेश उराँउ हो। यो घटना प्रधान नगर पुलिस थाना अन्तर्गत उत्तर पलास क्षेत्रको हो। जानकारी अनुसार ११ जनवरीको राति कार्तिक र सन्तुले योगेश उराँवलाई घरबाट बोलाएर लगेका थिए तर यो कुरा परिवारका सदस्यलाई थाहा थिएन। केही समयपछि योगेशका परिवारले कार्तिकलाई फोन गरेर ट्याक्टरबाट खसेर योगेश गम्भीर घाइते भएको जानकारी दिएपछि परिवारका सदस्यहरू घटनास्थलमा पुगेर योगेशलाई उपचारका लागि सिलगढी जिल्ला अस्पताल पुर्याए, जहाँ चिकित्सकले योगेश उराँवलाई मृत घोषणा गरेका थिए। मृतकका काकाले दुर्घटना नभई षडयन्त्रमा हत्या भएको आरोप लगाएका छन्। किनभने ट्याक्टरबाट खसेर शरीरमा चोटका निशानहरू रहन्छ। योगेशको शरिरमा चोटपटकको निशान भने भेटिएको छैन। कार्तिक ट्याक्टर चालक हुन् भने सन्तु सहचालक हुन्। दुवैले ट्रयाक्टरबाट बालुवा लोड गर्ने र अनलोड गर्ने काम गर्छन्। कार्तिक र सन्तु योगेशका साथी हुन्। परिवारको उजुरीका आधारमा घटनाको अनुसन्धान गर्दै प्रधाननगर पुलिस थानाले योगेशको हत्या गरेको आरोपमा कार्तिक राई र सन्तु उराँवलाई पक्राउ गरेको थियो। आज दुवैलाई सिलगढी अदालतमा पेश गरियो।










