जीटीएको सूचना अनि सांस्कृतिक विभागद्वारा प्रदान गरिने विभिन्न पुरस्कारहरूको घोषणा

IMG-20220902-WA0140.jpg

खरसाङ: जीटीएको सूचना अनि सांस्कृतिक विभागद्वारा प्रदान गरिने विभिन्न पुरस्कारहरूको घोषणा गरिएको छ। आज खरसाङमा पत्रकार सम्मेलन गरेर जीटीए सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोस थापा लगायत विभागीय सह निर्देशक भुपेन्द्रकान्त घिसिङ र भाषा र साहित्यको सह निर्देशक बिमल राईले संयुक्त रूपले जानकारी गराएका छन्। जीटीएको सूचना एवं सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले जानकारी गराउँदै यसपालीको जीटीएले प्रदान गर्ने पुरस्कारहरूको घोषणा गरेका छन्। उनले बताए अनुसार यसपाली स्वतन्त्र जुरीहरूले लिएको निर्णय अनुसार यसपाली लोक साहित्यमा भानुभक्त सम्मान पुरस्कार २०२२ लाटपञ्जार निवासी चर्चित सुब्बालाई प्रदान गरिने भएको छ। त्यसरी नै लोक संगीत विधामा मित्र सेन स्मृति पुरस्कार यसपाली सिटोङ निवासी नरबहादुर गुरुङलाई प्रदान गरिने भएको छ। त्यसरी नै नाट्य विधामा डीबी परियार स्मृति पुरस्कार २०२२ कालेबुङका नाट्यकर्मी सीके श्रेष्ठलाई प्रदान गरिने भएको छ। यसपाली पाद्री गङ्गाप्रसाद प्रधान पुरस्कार दिल्ली निवासी जोएल राईलाई प्रदान गरिने भएको छ भने चित्रकारितामा जी डकलस स्मृति पुरस्कार खरसाङ निवासी निरबरस रसाईलीलाई प्रदान गरिने भएको छ। यसपालीको अरूणा लामा स्मृति पुरस्कार वरिष्ठ संगीतकार बसन्त छेत्रीलाई प्रदान गरिने भएको छ। यी सबै पुरस्कार प्रापकहरूलाई पचास हजार गरेर नगदराशि प्रदान गरिन्छ। उक्त पुरस्कारहरू आगामी १२ सेप्टेम्बर कालेबुङको रामकृष्ण रङ्गमञ्च (टाउन हल) मा विभिन्न विधामाथि विशेष व्यक्तित्वहरुलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा प्रदान गरिने जीटीएको सूचना एवम् सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement