बंगीय हिन्दू महामञ्च अनि खोरीबारी नारी सुरक्षा समितिले निकाल्यो रैली

Capture3-5

खोरीबारी: एकजना किशोरीसित अभद्र व्यवहार गर्नको साथै दुष्कर्म गर्ने धम्की दिएको घटना विरूद्ध बंगीय हिन्दू महामञ्च अनि खोरीबारी नारी सुरक्षा समितिले विरोध प्रदर्शन गरेको छ। आज दोषीहरूलाई कठोर सजाय दिनु पर्ने अनि पीडितालाई न्याय दिनु पर्ने मागमा खोरीबारीमा एउटा विरोध रैली निकालिइयो। यो विरोध रैली खोरीबारीको मातृ मन्दिरबाट शुरू भएर खोरीबारी बजारमा पुगेर समाप्त गरियो। पछि, बंगीय हिन्दू महामञ्च अनि खोरीबारी महिला सुरक्षा समितिका सदस्यहरूले खोरीबारी बस स्ट्यान्डको घोषपुकुर-खोरीबारी राष्ट्रीय राज मार्गमा धरना प्रदर्शन गरे। यस सम्बन्धमा बंगीय हिन्दू महामञ्च सिलगढी शाखा अध्यक्ष विक्रमादित्य मण्डलले भने, यस मामिलामा दोषीहरूलाई कठोर सजाय दिनु पर्छ। उनले आरजी कर मामिलामा न्याय नपाएकोमा प्रशासन विरूद्ध क्षोभ प्रकट गरे।

About Author

Advertisement