चिया श्रमिकहरूको रहल ४% बोनसबारे चाँढै फैसला गरियोस् भन्दै हिमालयन प्लान्टेशन वर्कर्स युनियनद्वारा श्रम मन्त्रीलाई ज्ञापन

eds-to-go-with-story-darjeeling-tea-garden-workers-pick-leaves-at-a-tea-ga-

दार्जिलिङ: चिया श्रमिकहरूको रहल ४% बोनस बारे चाँढै फैसला गरियोस भनेर हिमालयन प्लान्टेशन वर्कर्स युनियनले श्रम मन्त्री मलय घटकलाई पत्राचार गरेको छ। दार्जिलिङको चियाबारी श्रमिकहरूको २०२३-२०२४ को बोनस दर अझसम्म फैसला भएको छैन। सम्पूर्ण श्रमिकहरूले २०% को दरले बोनस दिनुपर्छ भनी मालिकहरूलाई चाप दिनलाई आन्दोलनमा उत्रेका थिए। मालिकहरू ११% बोनस दिने अड़ान लिएर स्थिति तनावपूर्ण भएको थियो। अन्यमा १ अक्टोबर, २०२४ को दिन श्रमिक भवन सिलगढीमा भएको सभामा अतिरिक्त श्रम आयुक्तले सरकारको तर्फबाट एडभाइजरी जारी गरेर १६% को दरले बोनस वितरण गर्ने घोषणा गर्दा सबै युनियनहरूले घोर विरोध गरेका थिए। चारैतिरबाट ब्यापक विरोध गरिएको थियो र निकै उत्तेजना सृष्टि भएको थियो। पछिबाट ६ नोभेम्बरको दिन श्रम मन्त्रीले कलकत्तामा सभा राखेर यस महत्त्वपूर्ण विषयलाई समाधान गर्ने प्रयास गरेका थिए। तर मालिकहरू सभामा उपस्थित नहुँदा कुनै निर्णय हुन सकेन। फेरि १६ नोभेम्बर, २०२४ को दिन सिलगढीको डागापुरस्थित श्रमिक भवनमा श्रम मन्त्रीको उपस्थितिमा एउटा त्रिपक्षीय सभा सम्पन्न भएको थियो। तर त्यो सभामा पनि २०% बोनस बारे निर्णय हुन सकेन। सभा असफल भएपछि मन्त्रीले उक्त विषयलाई लिएर पन्ध्र दिनभित्र केही निर्णय लिइनेछ भनी आश्वासन दिएका थिए। तर आजसम्म पनि कुनै खबर नआउँदा श्रमिकहरूमा असन्तुष्टि बड़दै गइरहेछ अनि चाँढै समाधान नगरे यस वर्षको पहिलो फसल उठाउने समयमा श्रमिक दिवस आन्दोलनले तीब्र रूप लिने सम्भावना रहेको बताइएको छ। मालिकहरूको मनमानी दिनदिनै बढ्दै गएको र आज पनि दार्जीलिङ र तराईमा सातवटा कमानहरू बन्द छन्। खर्च र तलब समयमा नदिएको घटनाहरू हालमा पनि भइरहेछ अनि कति वटा कमानहरूमा भविष्यनिधि कोष सम्बन्धी भइरहेको अनेकौं अनियमितताहरूबारे जान्नमा आइरहेछ। त्यसरी नै श्रमिकहरु अवकाश ग्रहण गरी सकेर पनि ग्राजुएटी पाउनुबाट बञ्चित छन् अनि कतिजनाको ग्राजुएटी नपाई मृत्यु भएको घटनाहरू पनि थुप्रै छन् भनी पत्रमा उल्लेख गरिएको जानकारी प्राप्त भएको छ। पत्रमा मन्त्रीलाई रहल 4% बोनसको मुद्दा चाँड़ै समाधान गरियोस भनेर निवेदन गरिएको छ भनी हिमालयन प्लान्टेसन वर्कर्स युनियन केन्द्रिय समितिको पक्षबाट बीके राईले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement