पंखाबारीका वरिष्ठ पुजारी रामलाल शर्माको निधन

IMG-20250113-WA0293

खरसाङ: पंखाबारीका एकजना वरिष्ठ पुजारी तथा पंखाबारी बजार निवासी रामलाल शर्माको ९२ वर्षको उमेरमा निधन भएको छ। १९३२ सालमा जन्मेका शर्मा यस क्षेत्रका एक परिचित अनि पुराना पुजारी थिए भने उनले यहाँको श्री राधाकृष्ण मन्दिरमा विगत धेरै वर्षदेखि पूजा-पाठ गर्दै आइरहेका थिए। उनी पुजारी मात्र नभएर एक सामाजिक सद्भाव भएका व्यक्ति थिए औ सामाजिक कार्यहरूमा आफूलाई सदैव व्यस्त राख्थे भनी स्थानीय सुबोध लामाले जनाएका छन्। उनको आकस्मिक निधनले सम्पूर्ण पंखाबारी क्षेत्रमा शोकलहर छाएका भन्दै सम्पूर्ण पंखाबारीको पक्षबाट लामाले स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गथ्दै शोकाकूल परिवारप्रति सम्वेदना प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement