नयाँ दिल्ली: केन्द्रीय सूचना एवं प्रसारण, रेलवे तथा ईलेक्ट्र्निक्स एवं सूचना प्रौद्योगिकीमन्त्री अश्विनी वैष्णवद्वारा दिल्लीमा आयोजित एउटा कार्यक्रममा दूरदर्शनद्वारा महाकुम्भ २०२५ का लागि तयार शीर्षक गीत “महाकुम्भ है” लोकार्पण गरियो। महाकुम्भका लागि एउटा मधुर स्वराञ्जलि – भक्ति, परम्परा र उत्सवको एउटा स्वर सङ्गमl प्रसिद्ध गायक पद्मश्री कैलाश खेरद्वारा गाइएको यो गीतले भक्ति, उत्सव र प्रतिष्ठित महाकुम्भको जीवन्त सांस्कृतिक सारलाई समाहित गर्दछ। प्रतिष्ठित लेखक आलोक श्रीवास्तवद्वारा रचित गीतको गहन शब्द-रचना तथा क्षितिज तारेद्वारा सङ्गीतबद्ध एवं व्यवस्थित मनलाई तरङ्गित पार्ने सङ्गीतले विश्वास, परम्परा अनि उत्सवको सङ्गमलाई अति सुन्दरताका साथ दर्शाउँदछ, जसले महाकुम्भलाई परिभाषित गर्दछ।
पारम्परिक धुन अनि आधुनिक व्यवस्थाको एउटा सामञ्जस्यपूर्ण मिश्रण “महाकुम्भ है” भारतको सांस्कृतिक विरासत अनि महाकुम्भको शाश्वत महत्त्वका लागि हार्दिक श्रद्धाञ्जली हो। “महाकुम्भ है”को आधिकारिक सङ्गीत भिडियो अब दूरदर्शन अनि यसको डिजिटल प्लेटफर्ममा उपलब्ध छ। आकाशवाणीद्वारा प्रयागराज महाकुम्भलाई समर्पित विशेष गीतको लोकार्पण “जय महाकुम्भ जय महाकुम्भ, पग पग जयकारा महाकुम्भ…”
केन्द्रीय सूचना एवं प्रसारण मन्त्रीले प्रयागराज महाकुम्भलाई समर्पित आकाशवाणीद्वारा तयार एउटा विशेष रचनाको पनि लोकार्पण गरे। यस अनौठो गीत-सङ्गीत र गीतात्मक प्रस्तुतिको सामञ्जस्यपूर्ण मिश्रणको माध्यमद्वारा महाकुम्भको आध्यात्मिक, सांस्कृतिक र धार्मिक महत्त्वलाई समाहित गरिएको छ। यो गीत महाकुम्भको भव्यतालाई श्रद्धाञ्जली हो, जुन प्रयागराजमा पवित्र त्रिवेणी सङ्गममा आयोजित गरिन्छ। एक भक्तको दृष्टिकोणले हेर्दा यस सङ्गीतमय उत्कृष्ट कृतिले यस विश्व प्रसिद्ध भेलाको भाव दर्शाउँदछ। महाकुम्भको आगमन प्रयागराजको धरतीको निम्ति गर्वको क्षण हो, जुन लाखौं भक्तको श्रद्धा व्यक्त गर्ने मन्त्रका साथ गुञ्जिन्छ। यो गीत रतन प्रसन्नाको भावपूर्ण स्वरका साथ जीवन्त बनेको छ, जसलाई सन्तोष नाहर र रतन प्रसन्नाले सङ्गीतबद्ध गरेका छन्। अभिनय श्रीवास्तवद्वारा लेखिएको प्रेरणादायक शब्द-रचनाले दिव्यताका साथ आध्यात्मिक सम्बन्धलाई सुन्दरतापूर्वक प्रस्तुत गरिएको छ। त्रिवेणी सङ्गममा डुब्की लगाउने पवित्र कार्यलाई गीतमा शुद्धिकरण अनुष्ठानका रूपमा मनाइएको छ, जसले युगौंसम्म आध्यात्मिक पूर्ति प्रदान गर्दछ। आकाशवाणीद्वारा यस मधुर स्वराञ्जलिले महाकुम्भको कालातीत परम्परा र पवित्रतालाई सम्मान गर्दछ, जसबाट श्रोताहरूबीच भक्ति र गौरवको भावना सञ्चारित हुँदछ। भारतको सांस्कृतिक अनि आध्यात्मिक विरासतको यस असाधारण उत्सव हेर्नका लागि दर्शकहरूमा उत्सुकता निश्चय नै बढ्नेछ। -पीआईबी