जयगाउँ दुई नम्बर ग्राम पञ्चायत क्षेत्रमा जीआर वितरण शुरु

0-e3672aac-4970-42c4-8447-c312317643a0

कालचिनी: कालचिनी खण्डको भारत भोटाङ सीमान्तमा अवस्थित जयगाउँ दुई नम्बर ग्राम पञ्चायतमा जीआर वितरण नभएको धेरै गुनासो चल्दै आईरहेको र यसबीच भाजपा ७ नम्बर मण्डल कमिटीद्वारा जीआर प्रदान विषयलाई लिएर ज्ञापन पनि सुम्पिएको थियो। यसै अन्तरालमा आजदेखि जयगाउँ दुई नम्बर ग्राम पञ्चायतमा जीआर वितरण शुरु गरिएको प्रधान छुङ्कु लामाले जनाएकी छन्। आवश्यकमन्द परिवारलाई ब्लक प्रशासनद्वारा दिइने जीआर (१२ किलोग्राम चामल) वितरण शुरु गरेको र आउँदो ६ सेप्टेम्बरसम्म प्रत्येक पार्टका सम्बन्धित पञ्चायत सदस्यहरु मार्फत यो जीआर वितरण गरिने प्रधान छुङ्कु लामाले जनाएकी छन्। धेरै अन्तरालपछि आज जीआर प्राप्त गरेकोमा लाभार्थीहरुले सन्तोष व्यक्त गरेका छन् भने जीआरमा पाइने १२ किलोग्राम चामलको पनि एउटा गरीब तथा असहाय परिवारहरुलाई राहत पुग्ने पञ्चायत सदस्यहरुले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement