जलपाईगढीमा एसएफआईले निकाल्यो जुलुस

IMG-20250113-WA0189

जलपाईगढी: दुष्कर्मको आरोप लागेका राजगञ्ज पुलिस चौकीका एसआई सुब्रत गणलाई पक्राउ गर्न र राज्यका हरेक कलेजमा विद्यार्थी परिषदको चुनाव गराउन माग गर्दै एसएफआईले जलपाईगढीमा जुलुस निकाल्यो। सोमबार दिउँसो एसएफआईले जलपाईगढी आनन्दचन्द्र कलेज अगाडि जुलुस निकालेर यस मागलाई लिएर विरोध प्रदर्शन गर्‍यो। एसएफआई नेताहरूले आरोप लगाए कि विगत सात वर्षदेखि कलेज र विश्वविद्यालयहरूमा विद्यार्थी परिषद्को चुनाव रोकिएको छ। ‘कलेज र विश्वविद्यालयहरूमा लोकतन्त्र फिर्ता ल्याउन तुरुन्तै चुनाव शुरु गर्नुपर्छ। यसबाहेक जलपाईगढी जिल्लाको राजगञ्जस्थित राजगञ्ज पुलिस चौकीका एसआई सुब्रत गणमाथि दुष्कर्मको आरोप लागेको छ। उनलाई तुरुन्तै पक्राउ गर्नुपर्छ’, भन्ने उनीहरूको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement