स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीद्वारा गेटसभाको समापन

bc3c2def-0d09-4ebe-a8c0-caac6ab8078f

कालचिनी- सोमबारदेखि १० बुँदे दाबीहरूलाई अघि सार्दै स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको आह्वानमा प्रत्येक चियाबारीहरूमा एक घन्टाको गेटसभा आरम्भ भएको थियो भने आज उक्त गेटसभाको समापन गरिएको छ। आज यस क्रममा मेचपाड़ा आउट डिभिजन ८ नम्बरको १७ नम्बर क्रेच हाउसमा मेचपाड़ा चियाबारीको स्टाफ लगायत मेचपाड़ा ८ नम्बरका सबस्टाफहरूको उपस्थितिमा १ घन्टाको गेटसभा पालन गरिएको थियो।

आज यस अवसरमा स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको प्रतिनिधि अमल लामा र कुमार थोकरको प्रमुख उपस्थिति रहेको थियो भने न्युनतम रोज तथा पारिश्रमिकलाई अन्तिम रुप नदिएसम्म वेतन वृद्धि, सबैको लागि अवकास उमेर ६० बर्ष, स्टाफ एन्ड सबस्टाफको रिक्त पदहरूको शीघ्र भरन, डेलीरेटेड श्रमिकहरूलाई सबस्टाफ र टेक्निकल विभागमा नियुक्ति दिनु नपाईने, १५ बर्ष काम पुरा गरेपछि ओएमआरई थर्डलाई ओएमआरई सेकेन्डमा पदोन्नति, स्वास्थ्य सहायकहरुको स्वचालित स्तरोन्नति, ओएमआरई र टेक्निकल सी कर्मचारीहरुलाई बार्षिक विदा प्रतिवर्ष २१देखि 30 दिन हुनपर्ने, ग्रेड बी मा १० बर्ष पुरा गरेपछि कर्मचारीहरुलाई ग्रेड ए मा स्तरोन्नति गरिनु पर्ने, अतिरिक्त लीफ रेट अनुसार वृद्धि दिईनु पर्ने, प्रोराटा प्रणालीलाई समाप्त गरिनु पर्ने आदि दाबीहरु लिएर दुई दिवसीय गेटसभाको समापन गरिएको अमल लामाले जनाएका छन। यी दाबीहरुलाई विचार विमर्श नगरिए आगामी ३१ मईदेखि २ जुनसम्म फेरि लागातार ७२ घन्टाको हड़ताल गरिने र त्यसको पनि केही फलाफल ननिस्किए ७ जुनदेखि लगातार आन्दोलनमा स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटी ओर्लिने आह्वान गर्दै स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको पक्षबाट अमल लामा र कुमार थोकरले सम्पूर्ण स्टाफ औ सबस्टाफहरूले राजनैतिक स्वार्थ नहेरी यो आन्दोलनमा सहभागी बनिदिने आह्वान गरेका छन‌। स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटी एउटा गैर राजनैतिक मञ्च रहेको र यसमा कुनै पनि राजनैतिक दल गर्ने सदस्यहरु बिना दलगत स्वार्थ सामेल हुने आह्वान पनि स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको पक्षबाट अमल लामा र कुमार थोकरले गरेका छन‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement