कालचिनी: आफ्नो एकमात्र छोरा १६ वर्षीय राज घोष लामो समयदेखि स्नायु रोगले आक्रान्त भएको हुनाले छोराको उपचार जसोतसो अलिपुरद्वार, कोचबिहार र सिलगढ़ी लगेर गर्दा पनि निको हुनसकेनl अब यसको उपचार राज्य बाहिर बेंगलुरुमा लगेर गर्ने सल्लाह चिकित्सकहरुले दिएपछि उपचार खर्च जुटाउन नसकेका बिमारी छोरा राज घोषको आमा सपना घोष र बाबु अजित घोषले सबै समक्ष आर्थिक मदतको गुहार लगाएका छन्। छोराले यसै वर्ष मात्र धेरै कष्टसित माध्यमिक परीक्षा उत्तीर्ण गरेका हुन्l तर हाल ओछ्यानमा थला परेको हुनाले शीघ्रै आफ्नो छोराको उपचार गराउन बाहिर लैजाने मन भए पनि खर्च जुटाउन नसकेकोले सहृदय र मदतकारी एनजीओ संस्थाहरु समक्ष असहाय आमा सपना घोष र बाबु अजीत घोषले गुहार लगाइ मागेका छन्।