वनभोज खेलेर फर्किरहेको बस दुर्घटनामा पाँचजना घाइते

IMG-20240621-WA0012

सिलगढी: जनवरीको महिनामा प्राय मानिसहरु वनभोज खेल्न जाने गर्दछन्। यस्ता बेला दुर्घटनाको घटनाहरु प्रकाशमा आउने गरेको छ। यस वर्ष पनि यस्ता छुटपुट घटनाहरु प्रकाशमा नआएको भने होइन। दुधेबाट वनभोज खाएर फर्किरहेको समय मालदाको वनभोज खेल्न आएको गाडी गाडीधुराको बुढीपाइ क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। आइतबार साँझमा भएको यस दुर्घटनामा पाँच जना घाइते भएका छन्, जसलाई उपचारको लागि सुकुना हस्पिटलमा लगियो। जानकारी अनुसार मालदाबाट वनभोज खेल्न आएको एउटा दल दुधे खोलाको बगरमा बनभोज खेलेर साँझमा फर्किरहेको समय फर्कदा बस चालकले नियन्त्रण गुमाइ पठाउदा यो दुर्घटना भएको थियो। भाग्यवश, यस दुर्घटनामा कसैको पनि ज्यान गएन। तर पनि ५ जना मानिस भने घाइते भएका छन्। घाइतेहरूलाई तत्काल गाडीधुरा आउटपोस्ट पुलिस अनि स्थानीय मानिसहरूको सहयोगमा उद्धार गरेर प्राथमिक चिकित्साका लागि सुकुना अस्पतालमा पठाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement